
Pbu
Sgr
cjs
Unsku
Ggp
Lnp
pku
sbs
Gfs
Pes
Rgp1
Rgp
Srbpu
Djs

Rgs
Wsp
Sls
Rgu
Ggd
Sbs
nsb
Vor
Asm
Rsb
Bbbpu
Gst
Tsm
Ssm
Hal
Rgu
Ksm
Pvg
Bbu

Pls
Jmb
Abd
Bml
Jmb
sab
Ptm
Mks
Rpp
Syp
bbt
Rmb
Gsb
प्युठान। प्युठानको ऐरावती गाउँपालिकाले असाहाय, अलपत्र परेका नागरिकको ५० प्रतिशत यातायात खर्च बेहोर्ने भएको छ। अध्ययन, जागिर लगाएत विभिन्न काम विशेषले पालिका बाहिर भएकाहरु घर फर्कन मन भएमा हाल कायम भएको भाडाको ५० प्रतिशत गाउपालिकाले ब्येहोर्ने निर्णय भएको गाउपालिका श्रोतले बताएको हो।
गाउँपालिकाका अध्यक्ष नबीलविक्रम शाहले आज बसेको कार्यपालिकाको बैठकबाट पालिका क्षेत्रभित्र रहेका तर अन्य ठाउँमा बस्न अफ्ठेरो भएका व्यक्तिहरुको सहजताका लागि यो निर्णय गरिएको बताउनुभयो ।पालिकाले हालसम्म होटल तथा मेस चलाएर क्वारेन्टाईनमा बसेका व्यक्तिलाई खाना खुवाउदै आएको थियो । तर भोलीदेखी पालिका क्षेत्रमा आउने व्यक्तिले बिस्तारा, खानाको व्यवस्था आफै गनुपर्नेछ । आफै व्यवस्था गरि क्वारेन्टाईनमा बस्नेलाई पालिकाले तीन सय ६० रुपिँया दिने निर्णय गरेको छ । खानाको तीन सय रुपिँया र नास्ताको ६० रुपिँया वडा अध्यक्षहरुको मातहतमा क्वारेन्टाईनमा बस्ने व्यक्तिले पाउने अध्यक्ष शाहले बताउनुभयो । ‘पहिले जहाँ खाली छ त्यहा व्यक्तिहरुलाई राखेका थियौँ’, पालिका अध्यक्ष शाहले भन्नुभयो,–‘अब आउनेलाई घर पाएकमा राख्ने भनेका छौँ ।’
बैठकले पालिकामा थप आज आएका १९ जना व्यक्तिलाई वडा नं ५ स्थित महेन्द्र माध्यामिक विद्यालयको क्वारेन्टाईन र वडा नं ६ स्थित जनता माध्यामिक विद्यालय बिजुली विद्यालयमा रहेको क्वारेन्टाईनमा राखिने बस्ने गरेको पालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । यससंगै ऐरावती गाउँपालिकामा अहिलेसम्म एक सय २६ जना क्वारेन्टाईनमा बसेका छन् । त्यस्तै ऐरावती क्षेत्रका ईण्डीयाबाट आएका व्यक्तिलाई प्युठान अस्पतालमा पिसीआर रिपोर्ट आएपछि क्वारेन्टाईनमा राखिने उहाँले बताउनुभयो । आज बसेको कार्यपालिकाको बैठकले वैशाख महिना भर कार्यपालिका सदस्यहरुको मिटिङ भत्ता पनि विपद् व्यवस्थापन कोषमा हाल्ने निर्णय समेत गरेको उपाध्यक्ष बस्नेतले बताउनुभयो ।
ऐरावती गाउँपालिकाले पहिलो चरणमा भारतबाट आएका २६ जना व्यक्तिलाई क्वारेन्टाईनमा राखेको थियो । उनीहरुलाई १४ दिन क्वारेन्टाईनमा बसेका उनीहरुको आर.डि.टी. रिपोर्ट नेगेटेभ आएपछि एक हप्ता घरमै बस्न आग्रह गर्दै घरमा पठाईएको गाउँपलिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताउनुभयो ।
