
Sgp
Rgp
Asb
Lks
lnp
Ggp
Ggp
Dbs
Jns
Lnp
Dus
Pbu
Rgp
ksb
Usb
Rgp
Rgp


दाङ । कोभिड १९ को प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा अभिभावकहरुको आर्थिक आम्दानिका श्रोतमा कमि भएको ठहर गर्दै दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा रहेको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुल प्रालीले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म प्रत्येक कक्षाको मासिक शिक्षण शुल्कमा रु ५० देखि रु १०० सम्म शुल्कमा कमि गरि अभिभावकलाई राहात दिएको छ ।
विद्यालय नाफामुखी भन्दा सेवामुखी तरिकाले संचालन गरिनुपर्ने मान्यताकासाथ न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न खोजिएको विद्यालयका संचालक टोपेन्द्र खनालले सिधापत्रलाई जानकारी गराउनु भयो । शैक्षिकसत्र २०७८ को कक्षा अनलाइनको माध्यमबाट संचालन गर्न नेपाल सरकारले अनुमती दिएको भएपनि विद्यालयको सेवाक्षेत्रमा बसोबास गरेका अभिभावकहरुको आर्थिकस्तर कमि तथा नेटको पहुचदेखि विद्यार्थी भाईबहिनीहरु टाढा रहनुपर्ने बाध्यता आदिको कारण स्थानिय सरकारको समन्वयमा २०७८ भाद्र २७ गतेदेखि स्वास्थ्य मापदन्ड अपनाई विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा संचालन गरिएको हो ।
यस्तै २०७८ साल असोज महिनादेखि मात्र विद्यार्थीहरुको शुल्क लिइने योजना तय भएको खनालले बताउनु भयो । सामुदायिक विद्यालयमा पनि विभिन्न बाहानामा शुल्क उठाईरहेको पाईएकोमा सामुदायिक विद्यालयमा तिर्ने शुल्क समेत नभएको कारण शिक्षा आर्जन गर्नबाट बन्चित गरिब,असहाय बालबालिकाहरुकालागि सम्बन्धित वडाको सिफारिसको आधारमा प्रत्येक कक्षामा २/२ जनाको दरले त्यस्ता बालिकाहरुलाई सहयोग स्वरुप निशुल्क शिक्षा दिइने संचालक खनालले बताउनु भयो ।
