Sidha Patra बिहिबार, आश्विन १४, २०७८

दाङ । दाङमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर परिक्षणबाट ४ जना र विभिन्न स्थानिय तहमा ८ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । जसमा राप्तीका ५ जना, गढवा, लमही र घोराहीका एक एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

त्यसैगरी, आज ८ जना कोरोना मुक्त भएका छन् । निको हुनेहरुमा घोराहीका ३ जना, तुलसीपुर र लमहीका २÷२ जना त्यस्तै राप्तीका एक जना रहेका छन् । दाङमा अहिले ६० जना कोरोनाका सकृय बिरामी छन् ।

ति मध्य ५१ जना घरमै र ६ जना आईसियूमा र अक्सिजन सहितको उपचारमा ३ जना रहेको केन्द्रले जनाएको छ । दाङमा बैशाख यता ९ हजार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ८ हजार ८ सय २३ जना निको भएका छन् भने २ सय १५ जनाको मृत्युभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]