
pku
Ggp
sbs
Gfs
Pbu
Unsku
Djs
Pes
cjs
Srbpu
Lnp
Rgp
Rgp1
Sgr

Wsp
Vor
Rsb
nsb
Bbu
Pvg
Rgu
Hal
Tsm
Sbs
Ksm
Rgs
Asm
Ggd
Ssm
Bbbpu
Gst
Rgu
Sls

Rmb
Ptm
bbt
Abd
Rpp
Jmb
sab
Syp
Pls
Mks
Bml
Gsb
Jmb
काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व रमजान आजबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भन्ने गरिन्छ ।
सूर्योदय हुनु करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ ।मुस्लिम धर्ममा रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । रमजानमा ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।कोरोना महामारीका कारण रमजानका बेला यसपाली मस्जिदमा भिडभाड नगरि घरभित्रै नमाज पढ्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायलाई अपिल गरेका छन् ।
रोगको कुनै जात र धर्म नहुने भन्दै उनले लकडाउन तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल गरेका छन् ।
