
Rks
Ssb
Gsb
Ssb
Fmb
Nsb
Ppu
Ksb
Tgp
Usb
Ksb
jsb
Bsn
Ksb
Rsb
Csb

Ssb
Usb
Gsb
Hl1
Tsb

ptl
Rgu
Nps
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिवार गाउँ र नगरमा अधिवेशन हुँदै छ । पार्टी क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लाहरुमा शनिवार पालिका स्तरमा अधिवेशन हुन लागेको हो ।
त्यस्तै काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन तोकिएको छ भने सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित भएको छ । यस्तै सदस्यता विवादका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्दै आएको थियो ।
