Sidha Patra बुधबार, आश्विन ०६, २०७८

दाङ । गएराती परेको अविरल वर्षातले लमही नगरपालिका ३ टिकुलीगढका करिब एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ । प्रगन्ना तथा बड्कापथ सिंचाई व्यवस्थापन कार्यालयले थालनी गरेको नारायणपुर सिंचाई आयोजनाको कुलाको पानी र पहाडबाट झरेको पानीले बस्तीमा पसेर क्षति गरेको हो ।

त्यस्तै राती १ बजेदेखि परेको अविरल वर्षाको पानी बस्तीमा पसेको हो । पानीले अन्नपात, लत्ताकपडा, बालबालिकाका किताब कापी पूर्णरुपमा भिजाएर कामै नलाग्ने बनाइदिएको छ भने काट्नका लागि तयार भएको धानबालीमा समेत नोक्सान पुर्‍याएको छ ।

यस्तै धनिराम चौधरी, बिनिता चौधरी, नीमा चौधरी, टोप बहादुर वली, काशीराम चौधरी, पुनिराम चौधरी, पतिराम चौधरी, राज कुमार चौधरी, सिताराम चौधरी लगायत एक दर्जन घरमा पानीले क्षति गरेको हो ।

त्यस्तै समयमै ठेकेदारले कुलाको काम नगर्दा यस्तो समस्या भोग्नु परेको उनीहरुको आरोप छ । अहिले वडा प्रहरी कार्यालय लमही बाट प्रहरी घटनास्थलमा पुगेरको छ । प्रहरीले लाखौँ रुपैयाँको क्षति भएको अनुमान गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]