
gst
Pbu
Gst
Gmssl
Gipsg
Sebsg
Gsg
Gipsg
Unsku

Wsp
Rgu
Ggd
nsb
Rsb
Rgs
Hal
Asm
Bbbpu
Gst
Ksm
Sbs
Rgu
Pvg
Bbu
Sls
Ssm
Vor
Tsm

Gsb
Mks
Rpp
bbt
Rmb
Jmb
Bml
Syp
Abd
Pls
sab
Ptm
Jmb
दाङ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योती माबीका प्रअ केशबराम यादवले आफुहरुप्रती अन्याय तथा ज्यादती गरेको र आफुहरु समस्यामा परेको भन्दै उक्त विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले २१ बुदे समस्याहरु सार्वजनिक गरेका छन् ।
विद्यालयका शिक्षक एवम् राजपुर गाउँपालिका स्तरीय शिक्षक संघका अध्यक्ष योग बहादुर यादवको अध्यक्षमा २०७८ भाद्र ३१ गते बैठक बसि लिखित निर्णय गरिएको हो ।
उल्लेख भएका २१ बुदे समस्याहरुमा:
१) बिरामी परेको अवस्थामा समेत बिदा माग्दा बिदा नदिइ गाली गलौज गरि लिखित स्पष्टीकरण माग गरेको । २) ११/ १२ कक्षामा आफुले पढाएबाफत तलबभत्ता खाने तर अन्य काम गर्ने कर्मचारीलाई तलबभत्ता नदिइ आर्थिक शोषण गरेको। ३) शिक्षकलाई अपहेलना गर्ने,कोठा बढाल्न पठाउने,पारिश्रमिक नदिइ थप जिम्मेवारी लाद्ने , निजिश्रोत शिक्षकलाई जागिर खान्छु भनी चर्को भाषामा धम्की दिने। ४) दमन गर्ने , शोषण गर्ने, धम्क्याउने,घर जाउ भन्ने , हप्काउने जस्ता मानसिक यातना दिएको । ५) निजिश्रोत शिक्षकको नाममा पैसा अति चर्को उठाउने,तलबभत्ता समयमा माग्दा गाली गर्ने,जागिर खान्छु भन्ने,आर्थिक पार्दर्शिता नगर्ने । ६) बच्चाहरुसङ्ग १२ महिनाको शुल्क उठाउने तर शिक्षकलाई तलबभत्ता २/४ महिनाको काटेर दिने ।
७) बिद्यालयमा सार्वजनिकरुपमा आर्थिक पार्दर्शिता नगर्ने,विद्यालयका सम्पुर्ण शिक्षकलाई जङ्गेशैलिमा शाषण गर्ने । ८) सबै शिक्षकसङ्ग समान व्यवहार नगर्ने । ९) शिक्षकबिच फुट हाली भाडभैलो मच्याउने,शिक्षकलाई कमैया जस्तो व्यवहार गर्ने । १०) शिक्षकलाई ट्वाईलेट सफा गर्न लगाउने । ११) आफुले (प्रअ) दोहोरो/ तेहरो भत्ता खाने। १२) आफू जुनसुकैबेला आएपनि काज भन्दै हाजिर गर्ने। १३) प्रअले आफ्नो अनुकुलतामा विद्यालय बन्द गर्ने । १४) शिक्षकलाई कमिना छन् भन्ने । १५) निर्णय नगरेर खाईपाई आएको तलबभत्ता काटने । १६) बालबालिकालाई शारीरिक यातना दिने ।१७) विद्यालयलाई निजीकरण गरेको । १८) आफुखुशी संघ/ सस्थाको कार्यक्रम विद्यालयमा गरेको । १९) विद्यालयमा शिक्षकको मर्यादाबिपरित इन्चार्ज बनाउने । २०) कर्मचारीलाई जबर्जस्ती घचेटदै बैठकबाट बाहिर निकाल्ने । २१) प्रअलाई सपोर्ट हुने प्रकारका बिचारहरु माग गर्न दिने,रहेका छन् ।
त्यस्तै विद्यालयको कार्यालयमा विद्यालयका प्रअ, शिक्षक महासंघ,शिक्षक संघ दाङ,विद्यालयका स्टाफ तथा अन्य स्थानीय बासीसमेतको बिचमा सार्वजनिक समस्यामुलक मागहरु समाधान नभएको अवस्थामा क्रमबद्धरुपमा आफ्नो आन्दोलनको कार्यक्रम अगाडी बढाउदै लैजाने समेत निर्णय शिक्षकहरुले गरेको पाईएको छ ।
शिक्षक महासंघ दाङका अध्यक्ष अम्मरबहादुर खडकाद्वारा प्रअ यादवलाई समयमै सचिन्न आग्रह :
जनज्योती माबिका शिक्षकहरुले सार्वजनिक गरेका २१ बुदे समस्याहरु जायज भएको र यस्ता प्रकारका समस्याहरुप्रति समयमै ध्यान दिनु जरुरी भएको भन्दै शिक्षक महासंघ दाङका अध्यक्ष अम्मरबहादुर खडकाले विद्यालयको कार्यकक्षमै उपस्थित भइ प्रअ यादवलाई सचिन्न आग्रह गरेका छन् । खड्काले अबपनि कुनै शिक्षकहरुमाथी प्रअद्वारा यस प्रकारका अनावश्यक गतिबिधी गर्ने धम्क्याउने जस्ता कृयाकलाप गरेमा आफुहरु चुप लागेर बस्न नसक्ने बताउदै विद्यालयको संरचना १-८ आधारभुत र ९-१२ माध्यामिक तह भैसकेको अवस्थामा प्राबीका शिक्षकले पनि ८ सम्म र माध्यामिक तहका शिक्षकले १२ सम्म थप भत्ता लिन नमिल्ने तरपनि कसैले ११/१२ कक्षासम्म पढाउछु भनि अनावश्यक तरिकाले भत्ता बुझिरहेको भए उक्त तलब बेरुजुमा जाने/ अनियमितता हुने र अन्त्यमा अख्तियारले समात्ने कुरा स्पष्ट पारेका थिए ।
त्यस्तै यता जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवराम यादवले एक्काइस बुदे समस्या सम्बन्धि आफुलाई कुनैपनि जानकारी प्राप्त नभएको बताउनु भएको छ ।
यस विद्यालय कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताका साथ हामी निरन्तर लागि परेका छौं,तर केही शिक्षक साथीहरुले अनाहकमा झुठा आरोप लगाउने र विद्यालयको बदनाम गराउन खोजेको जानकारी दिनु भयो । मैले हरेक विद्यालयको भवन निर्माण गरि सकेपछि,गाउँपालिका अध्यक्ष वडा अध्यक्ष लगायत बुद्धिजीवीलाई सहभागी गराई सार्वजनिक सुनुवाइ गरेको छु प्रधानाध्यापक यादवले भन्नु भयो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयलाई पालना नगर्ने आफ्नो खुसीको निति नियम खोज्ने जिम्मेवारीलाई बहन नगरि हरेक कुरामा झुट बोल्ने र विद्यालयको बदनाम गर्न केही शिक्षकहरुले सो कार्य गरि रहेको प्रअ यादवले भन्नु भयो ।
यस्तै उहाँले शिक्षकहरु समयमा कक्षा कोठामा नजाने घण्टी लागेको १०/१५ मिनेट भैसकेको हुन्छ तर उहाँहरु जानूहुन त्यसकारण मैले प्रधानाध्यापकको हैसियतले भन्दा प्रअले गाली गर्नु हुन्छ,भनेर झोठो आरोप लगाउनु हुन्छ,प्रधानाध्यापक यादवले सिधापत्रसंग भन्नू भयो । यस अघि राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी र शिक्षा शाखा प्रमुख केशव लम्साललाई बोलाएर विद्यालय व्यवस्थापन सम्बन्धित विविध रुपमा छलफल भएको हुँदा अब विद्यालयको आन्तरिक समस्या समाधानमा हामी लाग्ने छौं,प्रअ यादवले भन्नु भएको छ ।



