
cjs
Unsku
sbs
pku
Rgp1
Sgr
Djs
Gfs
Lnp
Ggp
Pbu
Rgp
Pes
Srbpu

Tsm
Hal
Rgu
Sbs
Vor
Bbbpu
Bbu
Gst
Ggd
Rsb
Rgs
Ksm
Asm
nsb
Ssm
Wsp
Sls
Pvg
Rgu

Mks
Rpp
Rmb
bbt
Jmb
Abd
Jmb
Syp
Pls
Ptm
Bml
sab
Gsb
दाङ । घोराही उपमहानगरपालिकाले विश्व बाताबरण दिवसको अबसरमा आज कटुवा र सेवार खोलाको सफाई गरेको छ । खोलाहरुमा जथाभाविरुपमा फालिएका फोहोर संकलन गर्दै त्यस भेगका नागरिकहरुलाई सचेत पारिएको छ ।
जथाभाविरुपमा फोहोर फाल्दा त्यसले पानी दुषित गर्ने र त्यही पानी नागरिकहरुले प्रयोग गर्दा अनेक रोगहरु लाग्ने भएकाले पानीको शुद्धता कायम राख्न खोलाको सफाई गरिएको हो ।
त्यस्तै घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखाको आयोजनामा गरिएको सफाई कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, सुरक्षा निकाय र सम्बन्धित टोल विकास संस्थाका नागरिकहरुको सहभागिता रहेको थियो । खोलाहरुको स्वच्छता कायम राख्न सके पानीको प्रयोग गर्न सकिने भएकाले खोलाहरुमा फोहोर नफाल्न सचेतना जगाउने उदेश्यले कटुवा र सेवार खोलाको सफाई गरिएको शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिनु भयो ।
सरसफाई कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, सरसफाई वाताबरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगी सहित जनप्रतिनिधी, सहायक प्रमुख जिल्ला अधिकारी चिरिन्जीवी राना, नेपाली सेनाका कर्णेल रविन्द्र महर्जन समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले जथाभावी फोहोर नफाल्न नागरिकहरुलाई आग्रह गर्नुभयो । नगरले नगल्ने फोहोरलाई खरिद गर्ने कार्यक्रम ल्याएको भन्दै संकलन गरेर विक्रि गर्न सुझाब दिनुभयो । सरसफाई नै नागरिकको पहिचान र परिचय भएको भन्दै उहाँले बाताबरणको सुन्दरता र व्यक्तिको स्वस्थता सँग जोडिएको उल्लेख गर्नुभयो ।
