
Ggp
cjs
Srbpu
Pes
pku
Gfs
Sgr
Unsku
Rgp1
Rgp
sbs
Djs
Lnp
Pbu

Rgs
Rsb
nsb
Tsm
Bbbpu
Asm
Ksm
Vor
Wsp
Rgu
Sbs
Sls
Bbu
Hal
Rgu
Gst
Ggd
Ssm
Pvg

Ptm
Pls
Syp
Rmb
Abd
sab
Gsb
Jmb
Mks
Jmb
Rpp
bbt
Bml
दाङ । दाङमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २५ जनाको पिसिआर र विभिन्न स्थानिय तहमा ७ जनाको एन्टीजेन परिक्षण गर्दा एक महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना पुष्टि हुनेमा घोराहीका ४ जना, राप्तीका २ जना र तुलसीपुरका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै दाङमा वितेको २४ घण्टामा ६ जना कोरोना मुक्त भएका छन् ।
जस अनुसार तुलसीपुर र लमहीका २-२ जना, घोराही र राप्तीका १-१ जना रहेको केन्द्रले जनाएको छ । अहिले दाङमा सकृय बिरामीको संख्या ८१ रहेको छ ।ति मध्य घरमा ७० जना, ७ जना आईसियूमा र ४ जना अक्सिजन सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।
यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ९ हजार ३४ जना पुगेको छ । ति मध्य ८ हजार ७ सय ३९ जना निको भएका छन भने २ सय १४ जनाको मृत्युु भएको छ ।
