
Rgp
Dbs
Usb
Sgp
Ggp
Ggp
Rgp
Rgp
Jns
lnp
Lnp
Rgp
Asb
ksb
Lks
Dus


दाङ । देउखुरीको राजपुर गाउँपालिकाको पहलमा चिस्याकेन्द्र बन्न थालेपछि त्यहाँका किसानहरलाई निकै राहात हुने भएको छ ।
किसानहरुले उत्पादन गरेको दुध बिक्रीगर्न तुल्सीपुर, इमिलिया, घोराही, भालुवाङ,चन्द्रौटा र लमही धाउनुपर्ने बाध्यता केहि हदसम्म कमी हुने किसानहरुले बताएका छन् । गाउँपालिकाको लुम्बिनी प्रदेश मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रमको गतबर्षको बजेटबाट चिस्यान केन्द्र स्थापना गर्न मसिनहरु ख्रिदगरि त्यहाँ स्थित शिबशंकर दुध उत्पादक सहकारी संस्थालाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिनु भएको छ ।
राजपुर–५ चंगवाका शुरेस कुमार यादवले अफूले भैसी पालेर उत्पादन गरेको दुध गाउँमै बेच्नपाउने वातावरण बनेको बताउनुभयो । यस अघि उहाँले दुध बिक्री गर्न लमही, घोराही र भालुवाङ तथा इमिलीयाका बजार धाउनु पर्दथ्यो । गर्मिको सिजनमा बेलुकाको दुधबाट दही बनाएर भालुवाङ र तुलसीपुरमा बिक्रीगर्न बजार खोज्न जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । गाउँमा ब्यक्तिगत संकलन केन्द्र खोलिएको भएपनि बाहिरको बजारमा जत्ति दुधको भाउ नपाइने भएकोले पनि हामी दुध,दहि बेच्न बाहिरका बजार धाउनु पर्दथ्यो–यादवले भन्नु भयो ।
सोही गाउँ निवासी अकेश्वर यादवले ३ वटा दुहुना भैसी पाल्नुभएको छ । गाउँको संकलन केन्द्रमा प्रतिलिटर ४० देखि ५० मा बेच्नु पर्छ–उहाँले भन्नुभयो । बाहिरका बजारमा पुर्यायो भने दुध र दहिको भाउ राम्रो पर्ने भएकोले पनि राजपुरका अधिकांश पशुपालक किसानहरु घोराही,भालुवाङ र चन्द्रौटा सम्म पुग्ने गरेको यथार्थता उहाँले सुनाउनु भयो । गाउँमा चिस्यान केन्द्र नहुँदा बेलुकाको दुध घरमै खाएर सकिन्थ्यो कि त दहि बनाएर टाढा–टाढाका बजारमा धाउनु पर्दथ्यो–यादवले भन्नुभयो । किसानहरुको समस्यालाई हामीले पहल गरेर अव गाउँमै चिस्यान केन्द्रको मसिन हस्तान्तरण गरेका छौं ।
अब यहाँका किसानहरुलाई दुध बेच्न सहज हुने भएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी ले बताउनुभयो । राजपुर गाउँपालिकाको मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत गतबर्षको बजेटबाट खरिद गरिएको चिस्यान केन्द्र शनिवार एक कार्यक्रमका विच किसानहरुको दुग्ध उत्पादक सहकारीलाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षता र लुम्बिनी प्रदेश मामिला तथा कानून समितिका सभापति सांसद दामा शर्माले चिस्यान केन्द्रका लागि आवश्यक मसिनहरु हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिकाको मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ५ लाख बराबरको चिलीङ भ्याट,ल्याक्टो तथा फ्याट समेत नाप्ने आधुनिक प्रबिधिको चिस्यान केन्द्र चंगवा स्थित शिवशंकर दुग्ध सहकारी संस्थाका अध्यक्ष कान्ता प्रसाद यादवलाई हस्तान्तरण गरिएको हो । सो चिस्यान केन्द्रको जडान तथा थप ब्यवस्थापन सिड्स संस्थाले गर्ने कार्यक्रममा जानकारी गराइएको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश मामिला कानून तथा न्याय समितिका सभापति दामा शर्माले जनताले प्रत्यक्ष फाइदा लिने खालका उत्पादनमुखी कार्यक्रम संचालन गर्न प्रदेश सरकारको प्रयास रहेको बताउनुभयो ।
कृषि र पशुपालनको प्रदेशकै हव राजपुर गाउँपालिकालाई भैंसी स्रोतकेन्द्रको रुपमा बिकास गर्न प्रदेश सरकारले पहल गर्ने बताउदै तिनबर्षको कार्यकालमा प्रदेश सरकारले गरेका कामहरुको ब्यापक समिक्षा गर्दै वर्तमान गठबन्धन सरकारले किसानहरुलाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । कृषि र पशुपालनलाई प्राथकिता दिदै प्रदेश सरकारले नयाँ ढंगले कार्यक्रम बनाउने बताउदै चिस्यान केन्द्रको अधिकतम उपयोग गर्न सांसद शर्माले किसानहरुलाई आव्हान गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकराज केसी,प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद खनाल, मुख्यमन्त्री कार्यक्रम सिफारिस समितिका सदस्य सिता यादव लगायतले बोल्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथी समेत रहनुभएकी प्रदेश सांसद दामा शर्मालाई स्थानीय किसानहरुले पशु नश्लसुधार,पशु स्वास्थ्य शिविर र दुधडेरी स्थापनामा थप पहल गर्न भनी मागपत्र पेश गर्नु भएको थियो । दुग्ध सहकारी संस्थाका सदस्य मंगलप्रसाद यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन मुख्यमन्त्री रोजगार कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले गर्नुभएको थियो ।
