
Ksb
Fmb
Nsb
Ssb
Rks
Bsn
Ssb
jsb
Ksb
Gsb
Ksb
Usb
Tgp
Csb
Rsb
Ppu

Gsb
Tsb
Ssb
Usb
Hl1

Rgu
ptl
Nps
धनगढी । प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् ।
२६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् । काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवा पनि परेको बताए ।
बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका उनले काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई चासोका साथ हेरिएको छ ।
उनलाई वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको छ । वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएपछि उनी सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ ।अनलाइनखबर
