
Ppu
Rks
Ksb
Ssb
Csb
Ksb
Usb
Bsn
jsb
Fmb
Nsb
Rsb
Tgp
Ssb
Gsb
Ksb

Ssb
Tsb
Usb
Gsb
Hl1

Nps
ptl
Rgu
दाङ । दाङका पत्रकार सन्तोष कुमार गुप्ताले रक्तदान गरेका छन् । आफ्नो ३२ औं जन्म दिनको अवसरमा पत्रकार गुप्ताले नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लमहीमा पुगेर रक्तदान गरेका हुन् ।
रक्तदान जीवन दान भन्ने कुरालाई आत्मसाथ गर्दै समाजमा सामाजिक कार्य गरौं भन्ने सन्देश पुगोस भनेर आफुले रक्तदान गरेको पत्रकार गुप्ताले बताए। जन्म दिनमा बढ्दै गैरहेको विकृतीलाई रोक्न म जस्ता जिम्मेवार सबै युवाले रक्तदान गर्नु पर्ने गुप्ताको भनाइ छ ।
रगतको अभावले कसैले पनि अकालमा ज्यान गुमाउँन नपरोस, रगतको अभावमा छट्पटाई रहेका बिरामीले सहजै रगत पाउन सकुन भन्ने मनसायले रक्तदान गरेको उनले बताए ।तुलसीपुरअनलाइन
