
dsbus
Bksbus5
Ddhbs
syysr
Rbs
Csbus
Gsbus
Ssbus
Gsl
Nssbus7
Syees
Ratbs
Amb
Pbu
Jsbus
gms

Rgs
Wsp
Pvg
Rgu
Sbs
Tsm
Asm
Hal
nsb
Rgu
Ksm
Bbbpu
Bbu
Vor
Ggd
Ssm
Rsb
Sls
Gst

bbt
sab
Gsb
Rpp
Bml
Ptm
Rmb
Jmb
Pls
Jmb
Abd
Syp
Mks
दाङ । अखिल नेपाल जनजाति राजपुर गाउँपालिका स्तरीय दोस्रो सम्मेलन भेला मंगलबार चंगुवामा सम्पन्न भएको छ । भेलाले लक्ष्मीप्रसाद बुढाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा दिलबहादुर घर्ती, सचिवमा मनकुमार राणा, कोषाध्यक्षमा रणबहादुर बूढा ( शुशिल) लाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा तेजबहादुर बाठा, मनोज बूढा, निम बहादुर बुढा, काशीराम चौधरी,आउटे घर्ती ( अनिल) , मनप्रसाद घर्ती, कमला कवर, सुरवीर घर्ती, पट्वारी चौधरी, टीका बूढालाई सदस्यमा चयन गरेको हो ।
यस्तै भेलाले सल्लाहकारमा जसबहादुर घर्ती, लुद्रबहादुर बूढा,खिमबहादुर राणा,नारायण प्रसाद चौधरी र टेकमान घर्तीलाई चयन गरेको छ ।
अखिल नेपाल जनजाति सम्मेलन राजपुर एरिया कमिटीका अध्यक्ष लक्ष्मी प्रसाद बुढाको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुखअथिति तथा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, विशिष्ट अतिथि अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका लुम्बिनी प्रदेश सदस्य तथा दाङ जिल्ला सचिव दलबहादुर घर्ती, राष्ट्रिय जनमोर्चा दाङ जिल्ला उपाध्यक्ष एवम् राजपुर एरिया इन्चार्ज महेश रिजाल,जातीय समता समाजका जिल्ला सदस्य राजकुमार विक (कमल), राजमो दाङका सदस्य रामफकिरे रैदास, अखिल (छैंठौ) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास, अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला सल्लाहकार जसबहादुर घर्ती, अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्टुक) का जिल्ला सदस्य टेकबहादुर बूढा, अखिल नेपाल युवक संघका शेरबहादुर बूढा लगायतले भेला सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा सहिद प्रति एक मिनेट मौनधारण गरी शुरू भएको भेलामा रणबहादुर बूढा (शुशिल)ले स्वागत मन्तब्य दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन मनकुमार राणाले गर्नु भएको थियो । भेलामा मगर जनजाति, थारु जनजातिहरुको विशाल उपस्थिति रहेको थियो ।
