
Ksb
Gsb
Usb
jsb
Ssb
Ssb
Ksb
Ksb
Fmb
Bsn
Tgp
Nsb
Rsb
Csb
Ppu
Rks

Ssb
Gsb
Hl1
Tsb
Usb

ptl
Nps
Rgu
दाङ । अमेरिकी सहस्राब्दी बिकास निगम मिलेनिएम कर्पोरेशन( एमसिसि) र इण्डो प्यासिफिक स्ट्राटेजी ( ष्उक ) नेपाल राष्ट्रका लागि घातक हुने मंगलबार देउखुरीको गढवामा आयोजित नागरिक अगुवाहरुको एक कार्यक्रममा बताइएको छ ।
नागरिक समाज देउखुरीको संयोजन र गढवाको आयोजनामा वर्तमान परिबेशमा नागरिक समाजको भूमिका लगायत समसामयिक बिषयको अन्तरक्रियामा बोल्ने नागरिक अगुवाहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा अवधारण–पत्र प्रस्तुत गर्दै नागरिक समाज दाङका उपसंयोजक तथा लेखक, साहित्यकार निमबहादुर थापाले एमसिसि नेपालको सार्वभौमसत्ता,राष्ट्रिय अखण्डता,असंलग्न परराष्ट्र निती र आम नागरिकहरुको जनभावना बिपरित रहेको औंल्याउनु भयो ।
एमसिसि संगै संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा रणनिती (ष्उक) बिश्वब्यापि शैन्यशक्ति कायम राख्ने अमेरिकी रक्षा मन्त्रालयबाट संचालित एक खतरनाक पोलिसी भएको कार्यपत्र मार्फत बताइएको छ ।
एमसिसि नेपालको बिकासका नाममा नेपाली संपत्ति बिदेशमा लैजाने रणनितीमा आधारित योजना हो–थापाले भन्नु भयो । इसं. सेप्टेमबर २०१९ मा तात्कालिन अर्थमन्त्री युवराज खतिवडाको पालामा नेपाल सरकारले एमसिसि भित्रयाउने भनी संझौता गरेको, अध्ययन समितिले प्रतिवेदन समेत पेश गरिसकेको र संसदबाट अनुमोदन नहुदै नेपालमा ब्यापक बहस र अध्ययनको बिषय बनाउनुपर्ने उक्त कार्यक्रममा नागरिक समाजले बताएको छ । एमसिसि संसदबाट अनुमोदन नहुदै काडमाण्डौको लालदरवारमा १७ लाख मासिक भाडामा कार्यालय स्थापना गरिएको,नेपाल सरकारको भन्दा ३ गुणा बढी तलबभत्ता दिएर ५७ जना कर्मचारी क्रियाशिल भएको र तलब भत्तामा मात्र एक अर्ब ४० करोड खर्च भैसकेको प्रस्तुत अबधारणा–पत्रमा (लेखकिय साभार)उल्लेख गरिएको छ ।
एमसिसि कार्यान्वयनका लागि हिन्द प्रसान्त रणनिती अन्तर्गत नेपालमा सडक र जलबिद्युत्त मा लगानी गर्ने गरि अमेरिकाको तर्फबाट ५ सय अमेरिकी डलर(५७ अर्ब ५ करोड) र नेपालको तर्फबाट १ सय ३० मिलियन डलर (१४ अर्ब ८३ करोड) लगानी गर्ने संझौतामा उल्लेख भएको कार्यपत्रमा भनिएको छ । यो संझौता कार्यान्वयन भएमा सरकारको अधिनस्त नरही स्वतन्त्र राष्ट्रका रुपमा रहने,नेपालको कानून भन्दा माथी रहने तथा नेपाल सरकार भन्दा पृथक संस्थाका रुपमा शक्तिशाली र उच्च संस्थाका रुपमा रहने र अन्ततः गठबन्धन बलियो बनाई नेपालको संपत्ति रित्याउने र चिनमाथकिो आक्रमणलाई तार्गेट गर्ने रणनिती भएको अबधारणापत्रमा उल्लेख गरिएको छ । कर्यक्रममा नागरिक समाज देउखुरीका सल्लाहकार दामोदर पाण्डेयले एमसिसि के हो र नागरिक समाज के हो भनने बिषयमा अबगत गराउनु भएको थियो भने देउखुरी संयोजक दामोदर भण्डारीले नागरिक समाजको निर्देशकिा प्रस्तुत गर्नुभउको थियो ।
कार्यक्रममा गढवा बहुमुखी क्याम्पसका प्रमुख देवराज पाठक,देउखुरी साहित्य मञ्चका अध्यक्ष हरी पोखे्रल, अवधी साँस्कृतिक बिकास परिषद् दाङका अध्यक्ष जगतराम यादव, जनता मावी गढवाका प्रधानाध्यापक रामसुरत यादव, रोटरी कलब अफ लमहीका अध्यक्ष रविलाल आचार्य, संरक्षणकर्मि उमाकान्त पन्त,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर र नागरिक अभियन्ता दिलबहादुर महतरा लगायतले बोल्नु भएको थियो ।
नागरिक समाज गढवाका उपसंयोजक खगेश्वर शर्माको स्वागत मन्तब्यबाट सुरु भएको अन्तरक्रिाको संचालन सचिव मधा न्यौपानेले गर्नुभएको थियो ।
