
gst
Unsku
Gst
Gsg
Pbu
Gipsg
Gmssl
Gipsg
Sebsg

Sbs
Rgu
Gst
Bbu
Ksm
nsb
Rgs
Wsp
Hal
Ggd
Pvg
Rgu
Asm
Ssm
Sls
Rsb
Tsm
Vor
Bbbpu

bbt
sab
Mks
Jmb
Pls
Jmb
Ptm
Abd
Gsb
Bml
Rmb
Rpp
Syp
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ ।
गुण्डा नाईके ‘सन्ते’ सहित २ जनालाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ कालागाउँ भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ वर्षिय पुरन बि.क. र १८ वर्षिय टेक बहादुर बि.क. लाई आ–आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा निर्घात रुपमा कुटपिट गरेको अभियोगमा गुण्डा नाईके ‘सन्ते’ भनिने बसन्त रावत लगायतको समुहलाई पक्राउ गरिएको हो ।
उनीसहितको १०/१२ जनाको टोलिले गत साउन २४ गते राती २ बजेको समयमा सोही वडाको नयाँ बस्ती थपुवाका द्धोय बि.क. माथि आक्रमण गरेका थिए । उनीहरुले खुँडा, खुकुरी तरबार र भाला लगायतका घरेलु हतियार साथमा लिई ज्यान मार्ने उद्देश्यले निर्घात रुपमा कुटपिट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले घटनामा संलग्न अन्य ४ जनालाई यस अघि नै पक्राउ गरि नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खनालले बताउनु भयो। सोही अभियोगमा गुण्डा नाईके ‘सन्ते’ सहित उनका अन्य सहयोगीहरु २० वर्षिय प्रकाश बुढा तथा २० वर्षिय नविन थापा पनि पक्राउ परेका छन् ।
उनीसहितको समुहले नयाँ बस्ती थपुवाका द्धोय बि.क.लाई घरभित्रबाट लतार्दै बाहिर निकाली शरिरका संवेदनशिल भागमा धारिलो हतियार प्रहार गरेर मरासन्न अवस्थामा झाडिमा फालेर भागेको डिएसपी खनालले बताउनु भयो ।
उहाका अनुसार घटनाका मुख्य नाइके ‘सन्ते’ सहित अन्य फरार रहेकोमा तीन जनालाई कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरी कार्यालय कोहलपुरबाट सादा पोषाकमा परीचालित प्रहरीको टोलीले विभिन्न सुराक, फोन कल लोकेशन समेतको माध्यम प्रयोग गरि भारत तथा नेपालका विभिन्न स्थानमा खोज तलास गरेको थियो ।
त्यस्तै उनीहरुको कुटपिट पछि नाईके सन्ते विदेश जान भन्दै काठमाण्डौ समेत पुगेका थिए । प्रहरीले रिर्पाेटमा अपराधिक गतिविधिमा संलग्न देखिएपछि उनको भिसा समेत रद्ध भएको डिएसपी खनालले जानकारी दिए । अभियुक्तहरुको अनुसन्धान भैरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनुभएको छ ।
