
Ggp
Ggp
Sdc
Rgp
Lnp
Asbus
Ksbus
Msbus
Ksbus

गुल्मी । गुल्मीमा आगलागीमा परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरको बसपार्कमा रहेको शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खनालले बताए ।आगलागीमा परेर ५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि पाल्पा पठाइएको स्थानीय तेजेन्द्र थापाले बताए ।सोमबार दिउसो बागलुङको बरेङ गाउँपालिका वडा नम्बर–३ बाटाकाचौरका वडा अध्यक्षको शान्तिपुर बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी भएको हो । आगलागीमा परेर अध्यक्ष पूर्ण खनाल,उनकी श्रीमती रुपा खनाल, र छोरा सन्जय खनाल घाइते भएका छन् ।त्यस्तै आगो निभाउने क्रममा स्थानीय २ जना पनि सामान्य घाइते भएको स्थानीय तेजेन्द्र थापाले बताए । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगो प्रहरी स्थानीय वासी मिलेर नियन्त्रणमा लिएका थिए ।
