
Gsg
Unsku
Gipsg
Gst
Gipsg
Pbu
Gmssl
Sebsg
gst

Sls
Ksm
Rgs
Ggd
Rsb
Ssm
Bbbpu
Rgu
Tsm
Bbu
Wsp
Hal
nsb
Vor
Gst
Rgu
Sbs
Asm
Pvg

Gsb
Pls
Mks
Rpp
Rmb
Bml
Syp
Jmb
Jmb
Ptm
bbt
Abd
sab
भदौ ७/काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ ।
क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटले अनुसन्धान थालेको थियो । त्यसक्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको पुष्टि भएको हो ।
यस विषयमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । प्रदेश नं. २ प्रहरी उच्च स्रोतका अनुसार प्रहरीद्वय यादव र शाहलाई निलम्बन गरेर अनुसन्धान गर्ने तयारी थालिएको छ ।
रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर हालै भएको अनुसन्धानले होटलमा खाजा खान गएका वेला उनको मोटरसाइकलमा लागूऔषध राखिएको देखिएको छ र संलग्नता नदेखिएपछि छाड्ने तयारी गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
सोमबार दिउँसो एउटा अडियो रेकर्ड पनि सार्वजनिक भएको छ, जसमा असई उदय यादवले भनेका छन्, ‘सेतो हेलमेट देखिएको छ, त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।’ अडियोमा उनले सीसी टीभी फुटेज मेटाउन लागेको बताएका छन् ।
‘सबै वस्तुस्थितिले घटनामा पत्रकार मोहम्मदको संलग्नता देखिएन’ स्रोतले भन्यो । तर घटनामा प्रहरी मात्रै दोषी नभएको एक प्रहरी अधिकृतले बताए । उनले भने, ‘पत्रकार महासंघको जिल्ला शाखाकै एक पदाधिकारीले व्यक्तिगत रिसिइबीका कारण दुई प्रहरी प्रयोग गरेर घटना गराएका रहेछन् ।’थप अनुसन्धान भइरहेको स्रोतले बतायो ।अनलाइन खबर
