
Lks
Rgp
Usb
Ggp
Rgp
Dbs
ksb
Ggp
Sgp
Jns
Rgp
lnp
Rgp
Dus
Asb
Lnp


बाँके । कोहलपुरमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । कोरोना भाइरस सम्वन्धी जनतालाई सचेतना फैलाउने र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सिकाउने उद्देयले विभिन्न संघ सस्थाहरुको सहकार्यमा कोहलपुरमा कार्यक्रम गरिएको हो ।
रेरी बाँके, जेसीज कोहलपुर÷जुनियर,मेचीमहाकाली बुहारी संयुक्त आवाजको आयोजन तथा करितास जर्मन र कारितास नेपालको आर्थिक सहयोग एवं कोहलपुर नगरपालिका, इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको समन्वयमा मंगलवार कोहलपुरमा कार्यक्रम गरिएको थियो ।
‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा हाम्रो प्रतिवद्धता, मास्क लगानु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ सचेतनामुलक कार्यक्रम गरिएको हो । अभियानका क्रममा ‘तपाईको मास्क खोई ?’,‘कोरोनाबाट सुरक्षित रहन बारम्वार सावुन पानी वा सेनिटाईजरको प्रयोग गरौं’ भन्ने विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर र्याली समेत निकालिएको रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै उनका अनुसार अभियानका क्रममा मास्क नलगाई हिड्ने पदयात्रीहरु, सवारी चालक, यात्रुहरूलाई मास्क बितरण गरिएको थियो साथै ७५० थान मास्क इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयलाई प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रम रेरी बाँकेका अध्यक्ष पुनित बिक्रम शाहको अध्यक्षता तथा कोहलपुर नगरपालिका नगर प्रमुख लुटबहादुर रावत रावतको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा बोल्ने बक्ताहरुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्न सर्वसाधारण नागरिकलाई आग्रह गरेका थिए ।
कार्यक्रमको उद्देश्यका बारेमा रेरी बाँकेका अध्यक्ष पुनित बिक्रम शाहले प्रकाश पारेका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एसपी रबिन्द्र खनाल, कोहलपुर जेसीजका अध्यक्ष रामप्रसाद पाण्डे, जिल्ला ट्राफिक कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारी लगायतले बोलेका थिए । रेरी बाँकेका कार्यक्रम संयोजक मनोज पौडेलका अनुसार रेरी बाँकेले बुधवारदेखि कोहलपुरमा मास्क बैंक सञ्चालन गर्ने भएको छ ।
