
ksbl-7
Gsbr-6
Rksr-7
Msbg-2
Pbu
Csbg-7
Jsbr-3
Gsbg-3
Usbl-7
Jsbg-7


दाङ । देउखुरी उद्योग वाणिज्य संघ लमहीले रोटरी क्लब अफ लमहीका अध्यक्ष वसन्त कुमार भण्डारी र नेपाल टेलिभिजन राप्ती उपत्यकाका प्रतिनिधि दशरथ घिमिरेलाई सम्मानित गरेको छ ।
यस्तै रोटरी कल्बबाट संचालित डायलाइसिस सेन्टरको नव निर्वाचित अध्यक्ष भण्डारीलाई सम्मान गर्दै संघका अध्यक्ष खनालले लमही क्षेत्रमा भएका सामाजिक संघ सँस्थामा आवद्ध सामाजिक ब्यक्तिहरुको आत्मबल बढोस, सामाजिक उत्तरदायित्व कार्यमा लाग्न प्रेरित होस भनेर सम्मान गरेको बताए ।
त्यस्तै नेपाल टेलिभिजनमा आवद्ध भै गरिब निमुखाको आवाज बुलन्द गर्न प्रेरणा मिलोस भन्दै पत्रकार दशरथ घिमिरेलाई सम्मान गरेको उपाध्यक्ष केशबराज पोख्रेलले जानकारी दिए । समाजमा भएका ब्यतिथीलाई उजागर गर्ने पाटोमा पत्रकार सक्रिय भएर लाग्नु पर्ने उपाध्यक्ष पोख्रेलको भनाई रहेको छ ।
