Sidha Patra बिहिबार, साउन ०७, २०७८

दाङ । देउखुरीको लमही अस्पतालबाट २ हजार २ सय ६८ जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन ।

सिमित खोप भएकोले धेरैलाई लगाउन सकिएन, तर हामीले सरकारले तोकेको मापदण्ड अनुशार लक्षित वर्गलाई पहिलो प्राथमिकता राखेर खोप लाएका छौं”- लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रन्जिता कुमारी महतोले भनिन ।

पछिल्लो पटक खोप प्रती धेरै मानिसहरु आकर्षित भएका छन । शुरु शुरुमा खोप लगाउँदा ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्या आउने भएकोले खोप लगाउन मानिसहरु डराउने गर्दथे ।

अहिले त्यही खोप लगाउन सोर्स लगाउनु परेको छ, पहुँचमा भएकाहरुले अफ्ना नातागोतालाई सिफारिस गरेर खोप लगाएका छन भन्ने गुनासो पनि सुन्ने गरिन्छ ।

त्यस्तै सतबरिया स्वास्थ्य चौकी बाट ८ सय ५० जनाले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन । खानेपानी, सहकारी, विभिन्न संघ संस्थाका मानिसलाई पनि खोप दिनु परेकोले लक्षित वर्गलाई अपुग भएको हो तर आत्तिहल्नु पर्ने अवस्था छैन केही दिनमा फेरि खोप आउँछ”- सतबरिया स्वास्थ्य चौकीका प्रमुख लोकराज पौडेलले बताए ।

सोनपुर स्वास्थ्य चौकीका प्रमुख इन्दुमती चौधरीका अनुशार भेरोसेल खोपका लागि मानिसहरु निकै लागि परेका छन । हामीले सोनपुर स्वास्थ्य चौकि बाट १ हजार २० जनालाई भेरोसेल खोप दिएका छौं”- चौधरीले भनिन ।दाङ समाचार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]