
Rks
Csb
Ppu
Tgp
jsb
Gsb
Ssb
Ksb
Ksb
Fmb
Rsb
Ssb
Usb
Ksb
Nsb
Bsn

Hl1
Ssb
Usb
Tsb
Gsb

Rgu
ptl
Nps
दाङ । राजपुर गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयले आफ्नो वडा भित्रमा रहेको ६ वटा विद्यालय र क्लबका खेलाडीलाई बुधबारदेखि खेलकुद सामग्री वितरण गर्ने कार्य सुरु गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित कुल दुई लाख बजेटद्वारा वडा कार्यालयले आज देउखुरी क्षेत्रमा रहेको विद्यालयका शिक्षक प्रतिनिधि र क्लबका पदाधिकारीलाई वडा कार्यालयमा बोलाएर उक्त खेलकुदका सामग्री वितरण गरेको हो ।
सो वडाका अध्यक्ष श्याम बहादुर रोका,वडा सदस्यहरु दिलमती ओली,सुरेन्द्र रोका,सन्ध्या नेपाली,रामबिलासु चौधरी वडा सचिव लक्ष्मी चौधरीको उपस्थितिमा क्लबलाई ड्रेस,भलिबल नेट र फुटबल प्रदान गरिएको छ भने विद्यालयलाई खेलकुदका सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
त्यस्तै वडा कार्यालयले उक्त खेलकुदका सामग्रीहरु पहिलेनै खरिद गरि राखेको भएपनि वर्षाको कारणले तत्काल वितरण गर्न नसकिएको र आज मात्र सो सामग्रीहरु वितरण गर्ने कार्य सुरु गरिएको वडा कार्यालय जनाएको छ । यस्तै नाका क्षेत्रमा १/२ दिन भित्रमा सम्पुर्ण सामग्रीहरु वितरण गर्ने वडा अध्यक्ष श्याम रोकाले जानकारी दिनु भएको छ ।
