Sidha Patra बुधबार, साउन ०६, २०७८

दाङ । वन मुद्दामा फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ राताकाँश निवासी ४५ वर्षिय निम प्रसाद विक, सोही ठाउँ निवासी ६३ वर्षिय दल बहादुर विक, ६२ वर्षिय राधिका विक र ३४ वर्षिय तारा कुमारी पुन रहेका छन् ।

२०७५ साल माघ १६ गते सामूहिक वन मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट मुद्दाको फैसला भई फरार रहेका उनीहरुलाई जनही ७१ हजार पाँच सय २१ रुपैंया पचाँस पैसा जरिवाना तोकिएको थियो। त्यसपछि उनीहरु फरार रहेका थिए। उनीहरुलाई सोमबार दिउँसो ४ बजेतिर पक्राउ गरिएको हो ।

त्यस्तै उनीहरु चारै जनालाई राजपुर गाउँपालिका वडा नम्बर ७ राताकाँशमा लुकिछीपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर मंगलबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भयो । दाङ समाचारबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]