
Lnp
Sgr
Srbpu
pku
Unsku
Rgp
Rgp1
Pbu
Ggp
अधुरै पुल तर्ने सपना

Pvg
Rgu
nsb
Ksm
Ggd
Asm
Gst
Hal
Tsm
Bbu
Ssm
Sls
Rgu
Bbbpu
Sbs
Rgs
Wsp
Vor
Rsb

Jmb
Gsb
sab
Bml
Rmb
Ptm
Pls
Syp
Jmb
Rpp
Abd
bbt
Mks
गुल्मीमा गएराती परेको अबिर वर्षासँगै बाढि आउदा बन्दै गरेको पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिकाको झेँदीमा निर्माणाधिन वडा नम्बर ३ वडागाउँ र वडा नं ७ वामी जोड्ने पुल भत्किएको हो ।
०७३ साल असारमा सम्झौता भएको पुल ०७५ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । गत वर्षको वैशाख १ गते खोलामा आएको अत्याधिक बाढीका कारण ढलान गरेको दुई दिनपछि भत्किएको थियो । पुल भत्किएको ८ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो । भत्किएको छोटो समयमै पुल निर्माण कार्य सुरु हुन्छ भन्ने कसैले सोचेका थिएनन् । तर निर्माण सुरु भएसँगै स्थानीयमा पुलबाटै आवत–जावत गर्ने स्थानीयको आशा पलाएको थियो ।चैत ३० गते मात्र ढलाइ भएको पुलको गएराती आएको बाढीले तल लगाएको टेका बगाएपछि पुल नै भत्किएको मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताए । केहि दिन अधि ढलाई गर्ने कार्यक्रम रहेपनि लकडाउनका कारण सो योजना स्थगित गरिएको थियो ।
पुल भत्किएसँगै यसपटक बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप र ढलाइ बगाएकाले ठूलो क्षति पुगेको छ । स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम अन्तरगत कुल ५ करोड १७ लाखको लागतमा बन्न लागेको पुलको वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले जिम्मा लिएको छ । यो पुल करिब ५८ मिटर लामो पुलको बीचमा पिलर छैन् । मुसिकोट नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा ५, ६, ७, ८ र ९ का नागरिकलाई जोड्ने मार्गको रुपमा बडिगाढ खोलाको पुल रहेको मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले बताए ।
पुल निर्माण सकिएसँगै साविकको मुसिकोटदेखि वामीसम्म आवाज–जवतमा निकै सहज बन्ने स्थानीय वासी बताउछन् । अहिले नगरपालिकाको केन्द्र वामिदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ । तर पुल बनेसँगै उक्त यात्रामा १० किलोमिटर कमि भई २४ किलोमिटरको यात्रामा तम्घास पुग्न सकिने छोटो मार्ग बन्ने थियो । पुस महिनाबाट निर्माण सुरु भएको पक्कि पुलको ल जेठको अन्तिम हप्तासम्म हस्तान्तरण गर्नुपर्ने थियो ।
