
Bsn
Tgp
Ppu
Rsb
Gsb
Nsb
jsb
Ksb
Ksb
Rks
Fmb
Ssb
Csb
Usb
Ssb
Ksb

Tsb
Ssb
Usb
Gsb
Hl1

ptl
Nps
Rgu
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै ६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएका छन् ।
यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार चार सय सात पुगेको छ । थप २१ जना सहित नेपालमा नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा २५ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
