
Sebsg
Unsku
Gipsg
Gipsg
gst
Gst
Gmssl
Pbu
Gsg

Vor
Gst
Hal
Rgs
Asm
Rgu
Ksm
Rgu
Ssm
Rsb
Bbu
Sls
Pvg
Wsp
Sbs
Tsm
Bbbpu
Ggd
nsb

Jmb
Bml
Abd
Ptm
Syp
Gsb
Jmb
Rpp
Rmb
Pls
bbt
sab
Mks
दाङ्ग । नेकपा एमालेका केन्द्रिय सदस्य प्रतिनिधिसभा सांसद मेटमणि चौधरीले बर्तमान सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने बताउनु भएको छ ।
माधव समुहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद चौधरीले आफुहरुकै कारण प्रतिनिधिसभा बचाउन सफल भएको भन्दै बर्तमान सरकारलाई विश्वासको मत दिएर पुरै अवधि चल्न दिने बताउनु भयो । हाम्रो (एमाले माधव समुहको) चट्टानी अडानकै कारण संसद बाँचेको छ,संविधानको रक्षा भएको छ, बर्तमान शेरवहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो विश्वासको मत रहन्छ,चौधरीले भन्नू भयो ।
यस्तै नेकपा एमाले माधव समुहका प्रभावसाली नेता समेत रहनु भएका सांसद चौधरीले एमालेको तर्फबाट सरकारलाई विश्वासको मत दिने सांसदको संख्या ५० जनाको हाराहारीमा पुग्ने विश्वास व्यक्त गर्नु भयो । एमाले भित्र बर्तमान सरकारलाई विश्वासको मत विषयमा छलफल चलाइरहेको र आफुहरुको पक्षमा सांसदहरु बढ्दै गइरहेको समेत दाबी गर्नु भएको छ ।
त्यसैगरी आफुहरु पार्टी विभाजनको पक्षमा नरहेपनि अहिलेकै अवस्थामा अब पार्टी एकता सम्भव नरहेको उहाँको तर्क छ । माधव नेपाललाई संसदीय दलको नेता र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने विश्वास उहाँले बताउनु भयो ।
यस्तै चौधरीले पहिलो शर्त भनेकै माधवलाई संसदीय दलको नेता र सुभाष नेम्बाङलाई अध्यक्ष मानेर जाने कुरा हो ,त्यो मान्न तयार नभए हामी बृहत कम्युनिष्ट एकता गरेर जाने विषयमा पनि छलफल चलेको समेत बताउनु भएको छ ।
