
Ssb
Ppu
jsb
Csb
Tgp
Ssb
Bsn
Ksb
Gsb
Usb
Nsb
Rks
Rsb
Ksb
Ksb

Gsb
Ssb
Hl1
Tsb
Usb

Nps
Rgu
ptl
दाङ्ग । नेकपा एमालेका केन्द्रिय सदस्य प्रतिनिधिसभा सांसद मेटमणि चौधरीले बर्तमान सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने बताउनु भएको छ ।
माधव समुहले दाङको लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद चौधरीले आफुहरुकै कारण प्रतिनिधिसभा बचाउन सफल भएको भन्दै बर्तमान सरकारलाई विश्वासको मत दिएर पुरै अवधि चल्न दिने बताउनु भयो । हाम्रो (एमाले माधव समुहको) चट्टानी अडानकै कारण संसद बाँचेको छ,संविधानको रक्षा भएको छ, बर्तमान शेरवहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो विश्वासको मत रहन्छ,चौधरीले भन्नू भयो ।
यस्तै नेकपा एमाले माधव समुहका प्रभावसाली नेता समेत रहनु भएका सांसद चौधरीले एमालेको तर्फबाट सरकारलाई विश्वासको मत दिने सांसदको संख्या ५० जनाको हाराहारीमा पुग्ने विश्वास व्यक्त गर्नु भयो । एमाले भित्र बर्तमान सरकारलाई विश्वासको मत विषयमा छलफल चलाइरहेको र आफुहरुको पक्षमा सांसदहरु बढ्दै गइरहेको समेत दाबी गर्नु भएको छ ।
त्यसैगरी आफुहरु पार्टी विभाजनको पक्षमा नरहेपनि अहिलेकै अवस्थामा अब पार्टी एकता सम्भव नरहेको उहाँको तर्क छ । माधव नेपाललाई संसदीय दलको नेता र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बाहेकलाई अध्यक्ष मानेर जाँदा मात्रै पार्टी एकता कायम रहने विश्वास उहाँले बताउनु भयो ।
यस्तै चौधरीले पहिलो शर्त भनेकै माधवलाई संसदीय दलको नेता र सुभाष नेम्बाङलाई अध्यक्ष मानेर जाने कुरा हो ,त्यो मान्न तयार नभए हामी बृहत कम्युनिष्ट एकता गरेर जाने विषयमा पनि छलफल चलेको समेत बताउनु भएको छ ।
