
Lnp
Rgp
pku
sbs
Rgp1
Unsku
Gfs
Sgr
Pbu
cjs
Srbpu
Pes
Djs
Ggp

Asm
Vor
Rgs
Gst
Rgu
Rgu
Wsp
Sbs
Ggd
Tsm
Rsb
Pvg
Ksm
Hal
Bbu
Bbbpu
Sls
nsb
Ssm

bbt
Rpp
Bml
Pls
Abd
Rmb
Jmb
Ptm
sab
Syp
Mks
Jmb
Gsb
दाङ । नेपाल नेत्र ज्योती संघ अन्तरगत लमही आँखा अस्पतालले अब हप्ताको सातै दिन सेवा दिने भएको छ । अस्पतालबाट प्रदान गर्दै आएको आँखा उपचार सेवालाई थप व्यवस्थित र प्रभाबकारी बनाउन उक्त सेवा दिन लागेको हो । शुक्रवार आफ्नै कार्यालयमा सञ्चारकर्मीहरु सँगको भेटघाट कार्यक्रममा आँखा अस्पतालले दिनमा दिने सेवाका बारेमा जानकारी गराउँदै आँखा अस्पतालका प्रमुख प्रशासन अधिकृत शमशेर थापाले सो कुरा बताउनु भएको छ ।
यस अघि अस्पतालले हप्तामा ६ दिन मात्रै सेवा प्रवाह गर्दै आएको थियो भने साउन १ गतेबाट सेवा दिन थालेको बताउनु भयो । त्यसैगरी अस्पतालले बिरामीहरुलाई सहज र सुलभ रुपमा आँखा स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले शुक्रवार देखि लागु हुने गरि प्रत्येक दिन बिहान ८ः३० बजेबाट नाम दर्ता सेवा शुरु गरेको थियो ।
त्यसै अस्पतालले पहिले नौबजे देखि नाम दर्ता हुने गरेकोमा चालु आर्थिक बर्ष देखि सो सेवा अबधी आधा घन्टा बढाएकोे छ । त्यसैगरी अस्पतालले छिटो छरितो सेवा दिने, फोनबाट नाम दर्ता गर्ने, मोबाइल एप्स सेवा, परामर्श सेवा, इ.एम.आर सेवा दिने अस्पतालका प्रमुख प्रशासन अधिकृत थापाले बताउनु भयो ।
यसैगरी अस्पतालले घरदैलो सशुल्क, नगर क्लिनीक सेवा, ल्याव सेवा, विषय विज्ञ सेवा पनि दिने अस्पतालका प्रमुख प्रशासन अधिकृत थापाले जानकारी दिनु भयो । अस्पताल प्रशासनीक समितिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता एवम् नेत्र ज्योती संघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला सभापती कृष्ण गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डा. एरिक वैद्य, मेडिकल सुपरिटेन्डेन डा. सन्तोष सुवेदी नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, नेत्र ज्योती संघ लमहीका उपसभापती रेशमबहादुर खड्का, लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह र चिप मेडिकल डाइरेक्टर सुलक्ष्मी कटवाल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।
