शिवराज खनाल/लमही बुधबार, आषाढ ३०, २०७८

दाङ । दाङको लमहीमा तपाइको मास्क खै ? अभियान शुरु भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले बजारमा चहल पहल अत्याधिक मात्रामा बढन थाले संगै नागरिकहरुलार्ई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ तपाईको मास्क खै ? अभियान शुरु गरिएको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनालले बताए । “कोरोना संक्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाउनु परेको छ” – खनालले भने ।

आज देउखुरीको लमही बजारमा मास्क नलगाई हिँड्ने व्यक्तिहरुलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले निशुल्क मास्क समेत वितरण गरेको थियो भने बजारमा मास्क लगाउन आग्रह गर्दै माईकिङ गर्ने , मास्क नलगाएका व्यक्तिलाई सम्झाउने, बुझाउने लगायतका कामहरु भएको थियो ।

“हाल कोरोना भाइरसको संक्रमण कायमै छ । लकडाउन खुकुलो भयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको देखिएको छ जसकारण संक्रमण फैलन सक्ने जोखिम बढी छ ” कोरोना सचेतना तथा तपाइको मास्क खै ? अभियानमा खटिएका वडा प्रहरी कार्यलय लमहिका प्रहरी सहायक निरीक्षक पुरन मल्लले भने । यस्तै हो भने बजारहरुमा निस्कदा मास्क नलगाउनेलाई कार्बाही गर्न बाध्य हुने मल्लको भनाइ छ ।

तेस्तै देउखुरी उद्योग बाणिज्य संघका सदस्य नुमाकान्त बोहराले यो अभियान संचालन गर्नै पर्ने देखिएर निशुल्क मास्क दिदै उहाँ हरुलाइ सम्झाएर बुझाएर मास्क लगाउन अनुरोध गरेको बताउछन । “अहिले बजारमा हिडडुल गर्ने धेरै जसो मानिस मास्क नलगाइ हिडने गरेको छरपस्ट देखिएको छ – कोरोना संक्रमण पुर्ण रुपमा सकिएको छैन अझै मास्क र भौतिक दुरि आबस्यक छ” – बोहोराले भने ।

तपाइको मास्क खै ? अभियानमा देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेस्वर खनाल , उपाध्यक्ष केशब राज पोख्रेल, सदस्य नुमाकान्त बोहोरा , हरि थापा , भेष राज भट्टराई , गणेश घिमिरे , सल्लाहकार बिमला घिमिरे , सल्लाहकार डिल्ली राज खनाल , सुरक्षाकर्मी,ट्राफिक प्रहरी , लगाएत पत्रकारको समेत उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]