इराधा झाक्री मगर/भालुबाङ्ग बिहिबार, आषाढ २४, २०७८

दाङ । राप्ती गाउँपालिकामा वास निर्माणका लागि योजना तर्जुमा गोष्ठी सुरु गरिएको छ । दीगो विकासको आधार पुण सरसफाई युक्त गाँउघर उदेश्य सहित राप्ती गाउँपालिका दाङको स्थानिय खानेपानी तथा सरसफाई स्वच्छता योजनाका लागि २ दिने गोष्ठी सुरु गरिएको फोकल पर्सन नारायण रावतले जानकारी दिनु भएको छ ।विगतका दिनमा खानेपानी तथा सरसफाई स्वच्छता सम्वन्धि तथ्याङ संकलन गरिएकोमा विश्लेषणत्मक योजना निर्माणका लागि गोष्ठी गरिएको फोकल पर्सन गीता चौधरीले पनि जानकारी दिनु भएको छ । राप्ती गाउँपालिका गाउँकार्यपालिका सदस्यहरु र राप्ती क्षेत्रका दुई ठुला खानेपानी तथा सरसफाई समितिका अध्यक्षहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण जिल्ला वास कोडिनेटर रविन गौतमले गर्नुभएको हो ।

त्यस्तै वडा गत रुपमा खानेपानी तथा सरसफाईको सुक्षम तथ्याङको आधारमा आगामी दिनमा गरिने योजनाबारे छलफल गरिएको छ । राप्ती क्षेत्रका २४ वटा खानेपानी योजनाले दिईरहेको सेवाको समेत विश्लेषण गरिएको छ । राप्ती गाउपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा टोलगत रुपमा चर्फी प्रयोगको अवस्था, खानेपानीको अवस्था, सरसफाईको अवस्था, विद्यालय तथा सार्वजनीक स्थलको चर्फी, खानेपानी र सरसफाईको अवस्था बारे समेत छलफल गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]