शिवराज खनाल मंगलबार, आषाढ १५, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ वसन्तापुरमा ७४ घरधुरीलाई ग्यास सिलिन्डर सहित चुल्हो बितरण गरिएको छ । ग्यास सिलिन्डर तथा चुल्हो बितरण कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लोकराज केसीले ग्यास चुल्हो बितरण गर्दा एकातर्फ बन जोगिने र अर्को तर्फ गृहिणिहरुलाई धेरै नै सहज हुने बताए ।

त्यस्तै महिलाहरुलाई गुईठो दाउरा आदिले खाना बनाउदा असहज हुने समय पनि धेरै खर्चिने भएकोले महिलाहरु अन्य कामका लागि पनि समय निकाल्न नसक्ने प्रवृत्तिको अन्त्य भएको केसिको भनाइ छ । “धुवाँले गर्दा महिलाहरुलाई धेरै प्रकारको स्वास्थ सम्बन्धि समस्या स्वासप्रस्वास सम्बन्धि रोग लाग्ने गरेकोले सिलिन्डर र ग्यास चुल्हो बितरणले त्यस्ता समस्याको अन्त्य भयो “- केसिले भने ।

सोही अबसरमा विशिष्ट अतिथि गाउँपालिकाको उपाध्यक्ष धनपति यादबले महिला लक्षित कार्यक्रममा पालिकाले ध्यान दिएको बताउदै महिलालाई अझ ससक्त बनाउन जनचेतना मुलक कार्यक्रम ल्याउने बताईन । कार्यक्रमका अतिथि रहेका वडा नम्बर ३ का वडाध्यक्ष राम छोरे यादबले वडाका जनताको चाहना अनुरुप यो कार्यक्रम ल्याएको र जनचाहना अनुसारको नै योजना ल्याउनेमा आफ्नो पहिलो प्राथमिकता रहने बताए । वडाबाट प्रदान गरिएको सिलिन्डर ग्यास र चुल्हो बुझ्दै बसन्तापुर निवासी सान्ती बिकले महिलालाई घरायसीकाममा सजिलो भएको भन्दै खुसी व्यक्त गरिन ।

खरिद तथा बितरण उपभोक्ता समितिका अध्यक्ष बिन्तिराम यादबको अध्यक्षताबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा नम्बर ३ का वडा सचिब जमुना चौधरीले गरेकी थिइन ।

त्यस्तै राजपुर गाउपालिकालाई धुवा मुक्त अभियानका लागि गत बर्ष पनि वडा नम्बर ५ का सम्पुर्ण घरधुरीलाई ग्यास सहित चुल्हो बितरण गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]