
Gsb
Nsb
Rks
Tgp
Bsn
Fmb
Ksb
jsb
Csb
Usb
Ksb
Rsb
Ppu
Ksb
Ssb
Ssb

Ssb
Gsb
Hl1
Usb
Tsb

ptl
Rgu
Nps
दाङ । कृषि, पर्यटन र पुर्वाधार, गढवा गाउँपालिकाको समृद्धीको आधार भन्ने मुल नाराका साथ गढवा गाउँपाालिकाले पञ्चबर्षिय आवाधिक योजनालाई अन्तिम रुप दिएको छ ।
चालु आ.ब.को असार १० मा आयोजना गरिएको गाउँसभाबाट पारित भएपछि आवाधिक योजना कार्यान्वयन चरणमा प्रबेश गर्ने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनु भएको छ । सोमवार गाउँपालिकामा सम्पन्न भएको सर्बदलिय सर्बपक्षिय बृहत कार्यशालाबाट आवाधिक योजनाले पुर्णता पाएको गाउँपालिकाले जनाएको छ ।
कार्यशालाबाट प्राप्त सुझावहरुलाई समेत समावेश गरि पाँचबर्षे रणनितिक योजनाहरु कार्यान्वयन चरणमा प्रबेश गर्ने तथा गढवा गाउँपालिकाको समग्र बिकास र समृद्धिका लागि आवाधिक योजनाको दस्तावेजले महत्वपुर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनु भएको छ ।
बिकास र समृद्धिको खाका कोरिएको आवाधिक योजना महत्वपुर्ण दस्तावेज भएको र यसले पालिकाको समग्र समृद्धिको नक्सा कोरेको उहाँले भन्नुभयो । गढवाको भौतिक पुर्वाधार सहित समग्र सामाजिक बिकासको खाका पाँचबर्षे आवाधिक योजनामा समावेश गरिएको र योजना बनाएपछि बजेट ल्याउन समेत सहज हुने अध्यक्ष यादवले बताउनुभयो ।
यहि फागुन २७ बाट आवाधिक योजनाको बिस्तृत प्रतिबेदनका लागि राष्ट्रिय योजना आयोगबाट फिल्डमा खटिएको कन्सल्टेन्सी टिमले गाउँपालिकाका सबै वडाहरुमा फिल्ड अध्ययन गरि बहुसरोकारवालासंगको छलफल तथा अन्तरक्रिया र वडागत संभावना र समस्या तथा चुनौतिहरुको समेत बिस्तृत पहिचान गरि तिन चरणको कार्यशाला पछि आवाधिक योजनाको अन्तिम रुप दिन सफल भएको गाउँपालिकाले जनाएको छ । जस अन्तर्गत पाँचवटा बिषय क्षेत्र र ३२ वटा उपक्षेत्रमा अध्ययन गरिएको कन्सल्टेन्सी कम्पनिका इन्जीनियर पर्वत भण्डारीले बताउनुभयो । गढवा गाउँपालिकाको समग्र आर्थिक बिकास, सामाजिक बिकास, भौतिक पुर्वाधार बिकास, वन वातावरण र विपद् ब्यवस्थापन तथा भू–संरक्षण एवं संस्थागत बिकास र सुशासन गरि पाँचवटा बिषय क्षेत्रमा गहिरो अध्ययन गरि पाचबर्षे अवधिका दिर्घकालिन र अल्पकालिन आवाधिक योजनाहरु तयार गरिएको छ ।
जसमा गाउँपालिकाको समग्र स्थितीको नक्सांकन, सडक, पुल र यातायात, खानी तथा नदीजन्य पदार्थ संरक्षण तथा उपयोगको रणनिति र कार्यनिती, सोंच नक्सा,क्षेत्रगत योजनाहरु, सहकारी तथा बित्त ब्यवस्थापन, लैंगिक समानता र समावेशीकरण, एकिकृत बस्ति बिकास, रोजगार तथा आयआर्जन, पर्यटन प्रबर्धनका प्याकेजहरु, भूमि ब्यवस्थापन र उपयोग, सेवा प्रवाह, कृषि पशु प्रबर्धन र सिंचाई र शुसासन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा बिस्तृत खाका सहितको सोंच–पत्र तयार भएको बताइएको छ ।
जसका लागि पुर्वाधार बिकासमा ४ अर्ब १० करोड, कृषि तथा सिंचाई प्रबर्धनमा १७ करोड ४३ लाख, पर्यटन प्रबर्धनमा १० करोड, खानी तथा नदीजन्य तर्फ ६५ करोड २० लाख लगायत बिस्तृत अन्य क्षेत्रतर्फ गरि समग्र गढवाको पाँचबर्षे आवाधिक योजना पुर्ण कार्यान्वयनका लागि कुल ६ अर्ब ६६ करोड ६१ लखको बजेट अनुमान गरिएको छ । आबाधिक योजनाहरुले आगामी निर्वाचनबाट छानिने जनप्रतिनिधिहरुका लागि समेत कामगर्न सहज हुने र समग्र गढवाको समृद्धिको कोशेढुंगा सावित हुने गाउँपालिकाको ठहर रहेको बताइएको छ ।
