
Ggp
Sgr
Lnp
sbs
Gfs
Rgp1
Rgp
cjs
pku
Srbpu
Pes
Djs
Unsku
Pbu

Hal
Asm
Rgu
Vor
Pvg
Ggd
Rgu
Sls
Bbbpu
Wsp
Ssm
nsb
Tsm
Rgs
Rsb
Bbu
Ksm
Sbs
Gst

Rmb
Pls
Bml
Ptm
Gsb
Mks
Rpp
bbt
Jmb
sab
Jmb
Syp
Abd
बागलुङ।कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शनिबार ३ सय ९७ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) गरिएको छ । जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा ¥यापिड टेष्ट गरिएको हो । विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड गाउँपालिकाका १ सय १४ जना, निसीखोला गाउँपालिका १ सय १५ र ढोरपाटन नगरपालिकाका ७७ जनाका ¥यापिड टेष्ट गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय ३८ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरिनेछ । बागलुङमा बिहिबारदेखि ¥यापिड टेष्ट सुरु गरिएको थियो । हालसम्म ५ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पहिलो दिन १२, दोस्रो दिन ९४ र तेस्रो दिन ३९७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १ सय ९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ८६, निसीखोला गाउँपालिकामा १ सय ३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १ सय ६१, गलकोट नगरपालिकामा १ सय २८ र ताराखोला गाउँपालिकामा ३३ जना छन् ।
स्वास्थ्य मन्त्रालयले ¥यापिड टेष्टका लागि प्रयोग जिल्लामा १ हजार थान आरबिटि किट पठाएको छ । बागलुङमा भेटिएका बानपा ४ का १९ वर्षीया युवती र बानपा ३ का ६५ वर्षीय महिलाको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । आज जिल्लाको गलकोट नगरपालिकामा र्यापिड टेष्ट सञ्चालन भईरहेको छ
