
Jns
Ggp
Rgp
Lks
ksb
Asb
Dus
lnp
Rgp
Ggp
Sgp
Usb
Rgp
Lnp
Rgp

lms

प्यूठान ।प्यूठानको स्वर्गद्वारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्ने भएको छ। कोरोना महामारीले गर्दा समयमै सामाजिक सुरक्षा भत्ता दिन ढिला हुँदा भत्ताकै भरमा जीवन चलाउनेको दैनिकी संकटमा परेको भन्दै घरघरमै पुगेर भत्ता बितरण गर्ने योजना बनाएको नगर प्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताए। उनले बैकं मार्फत भत्ता बितरण गर्दा भिडभाड हुने र कोरोना सक्रमणको जोखिम हुने हुँदा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता सम्वन्धित वडाका वडा सचिव र वडा अध्यक्षले नगरका नौ वटै वडाका लाभग्राहीको घरघरमै पुगेर भत्ता वितरण गर्ने जानकारी दिए । आउँदो वैशाख ३ गतेदेखि भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।
