Sidha Patra शुक्रबार, जेठ २१, २०७८

सुदुरपश्चिम् । कैलाली र कञ्चनपुरमा रहेका विभिन्न कार्यालय तथा ज्येष्ठ नागरीक सेवा केन्द्रलाई बिहीबार सहयोग गरिएको छ ।

विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना साउद, जनबाहिनी नेपालका संयोजक शिरोमणि ओझा, विश्व हिन्दु महासंघ सुदुरपश्चिम प्रदेशका संयोजक सम्राट सिंह, सुदुरपश्चिम प्रवास कमिटीहरुको संयुक्त पहलमा कैलालीको धनगढीमा रहेको दृष्टि फाउडेण्सेनलाई खाद्य सामाग्री र स्वास्थ्य सामाग्री,जिल्ला प्रहरी कार्यालय कैलालीलाई स्वास्थ्य सामाग्री, कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको आरक्ष पीडित शिविरलाई खाद्य सामाग्री, शुक्लाफाँटा नगरपालिकामा रहेको सिगास शिविरलाई खाद्य समाग्री,वेदकोट नगरपालिका सुन्दरपुरमा रहेको आरक्ष पीडितहरुको सुनौलो शिविर र वेदकोट नगरपालिका वडा नम्बर ९ मा रहेको बाढी पिडितहरुको शिविरलाई सहयोग गरिएको हो ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकामा बैजनाथ ज्येष्ठ नागरीक सेवा केन्द्रलाई र गुलरीया ट्राफिक पोष्टलाई स्वास्थ्य समाग्री सहयोग गरिएको हो । बिहीवार ४० क्युन्टल चामल, १ सय किलो दाल, १ सय लिटर तेल, १ सय किलो पिठो र १ सय किलो नुन सहयोग गरिएको जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । निषेधाज्ञा पश्चात जनबाहिनी नेपाल लगायत अन्य संघ संस्थाहरुले समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]