
Gsbus
Pbu
Ksbus
bpmhl
Bsbus
ebg
Ssbus
Nssbush
Gsbus
Lsbus
Gss
Gms
Lsbus
Gis
Gis
Gis
Ksbus
Rsbus
Gsbus
Ssbus

Pvg
Asm
Ksm
Rgs
Ssm
Rgu
Sbs
Hal
Rgu
Wsp
Sls
Rsb
Vor
Gst
nsb
Tsm
Bbbpu
Bbu
Ggd

Jmb
Syp
Rmb
Pls
sab
bbt
Jmb
Rpp
Ptm
Mks
Gsb
Abd
Bml
दाङ । ब्ल्याक फङ्गस जस्तो आँखा बिगार्ने घातक रोगबाट ग्रसित भरत दुलाललाई देउखुरी माेबाईल व्यवसायी संघकाे टिमद्वारा सहयाेग रकम हस्तान्तरण गरिएको छ ।
ब्ल्याक फङ्गस( कालाे ढुसी) राेगबाट ग्रसित भई टिचिङ हस्पिटल काठमाडौंमा उपचाररत लमही -४ दाङ नीवासी भरत दुलाललाई उपचारमा आर्थिक सहयोग हाेस भन्ने उद्देश्यका साथ भरत दुलाल बचाउ अभियानका अभियान्ता कृष्ण घिमिरेलाई सहयाेग रकम हस्तान्तरण गरिएको हाे ।
बिहीबार संघका अध्यक्ष भिमप्रसाद भुसाल र देउखुरी माेबाईल व्यवसायी संघमा आबद्द व्यापारीहरूकाे सहभागीतामा उक्त सहयोग रकम रु ११०५५(एघार हजार पच्पंन्न रूपैयाँ ) उपचार सहयोग रकम हस्तान्तरण गरिएकाे अध्यक्ष भुसालले जानकारी दिनु भयो ।
त्यस्तै सहयोग रकम हस्तान्तरण कार्यक्रममा देउखुरी माेबाईल संघका अध्यक्ष भुसाल बरिस्ठ उपाध्यक्ष बिजय सिंह ठकुरी महासचिव राजु गिरी,सचिव माधब भुसाल ,सदस्य दिनेश शर्मा (भण्डारी )सदस्य महेन्द्र खनाल लगायतको सहभागीता रहेकाे थियाे ।
पीडित भरत दुलाल बाेर्डिङ स्कुलका शिक्षक हुन् उनकाे उपचारमा महङ्गो रकम खर्च भैरहेकाे भई पिडितकाे परिवारलाई आर्थिक समस्या भएकाे हुँदा राेगीकाे जीवन रक्षाकाे लागि देउखुरी माेबाईल व्यवसायी संघले सहयोगी भुमिका खेलेकाे बताउदै संघले स्थापनाका सुरूवाती दिनहरू देखिनै देउखुरी क्षेत्रमा दिनदुखि,राेगिलाई सहयाेग साथै समाजमा रचनात्मक कार्यहरू गर्दै आईरहेको छ ।
