
Srbpu
Gfs
Ggp
Rgp
Sgr
sbs
Rgp1
Lnp
Pbu
Djs
pku
Unsku
cjs
Pes

Sls
Rgu
Bbu
Vor
Asm
Bbbpu
nsb
Gst
Rgu
Ksm
Wsp
Tsm
Hal
Rgs
Ggd
Sbs
Pvg
Rsb
Ssm

Gsb
Pls
sab
Jmb
Ptm
Syp
Rmb
Mks
Jmb
bbt
Bml
Abd
Rpp
बुटवल। तिलोत्तमा।लकडाउनको कारण विद्यार्थीहरु विद्यालय जान—आउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी नगरपालिकाले शुक्रबारबाट अनलाइन कक्षा सुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो ।विषयविज्ञ शिक्षकहरुले हरेक दिन दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत् विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ । शान्ति नमूना माविबाट शिक्षकहरुले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत् पढाउने शिक्षा शाखा प्रमुख आचार्यले बताउनुभयो ।विद्यार्थीले आ—आफ्नो घरबाटैं मोबाइल एप जुम zoom तिलोत्तमा नगरपालिकाको फेसबुक पेज वा युट्युवबाट शिक्षकले पढाएको विषयबस्तुको बारेमा ज्ञान लिन सक्नेछन् । अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तर समेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।अनलाइन कक्षाको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको समयमा सूचनाप्रविधिको माध्यमबाट विद्यार्थीले घरमैं बसेर पाठ्यबस्तु अध्ययनमा सघाउ पुर्याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताउनुभयो । अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकहरुलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनको समयमा विद्यार्थीहरु अनावश्यक रुपमा घरबाहिर निस्कने प्रवृत्तिलाई रोक्न पनि यो केही हदसम्म फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ्ग आईडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ रहेको छ । तिलोत्तमाका ५१ वटा सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै २७ सय विद्यार्थी एसइईको तयारीमा छन् । कोरोनाको कारण एसइई सुरु हुने दिनको अघिल्लो साँझ सरकारले अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगित गरेको थियो ।
