
Pbu
Rgp
sbs
Djs
Unsku
pku
Lnp
Gfs
Pes
Rgp1
Sgr
Srbpu
cjs
Ggp

Ssm
Asm
Rgs
Ksm
Rgu
Bbbpu
Vor
nsb
Wsp
Sbs
Bbu
Tsm
Sls
Rsb
Rgu
Ggd
Hal
Pvg
Gst

Jmb
Pls
Mks
sab
bbt
Gsb
Ptm
Jmb
Bml
Syp
Rmb
Abd
Rpp
दाङ । सिसहनिया उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।उपचारत कोभिड १९ का विरामीहरुको उपचारमा थप सहयोग पुराउने उदेश्यका साथ सिसहनिया उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक भावना भएका ब्यत्तित्वहरुवाट स्वतस्फुर्त रुपमा प्रदान गरिएको रकम बाट स्वास्थ्य सामाग्री खरिद गरिएको सिसहनिया उद्योग बाणिज्य संघका महासचिव ईश्वरी प्रसाद अधिकारीले जानकारी दिएका छन ।
विहिवार सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालका प्रमुख रेगन सिंह थापालाई संघका अध्यक्ष शान्तराज भण्डारी लगायतको टोलिद्धारा अक्सीजन कन्सेन्ट्रेटर १ थान, स्टीमर ७ थान, अक्सोमीटर ४ थान स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सचिव मदन पोख्रेलले बताएका छन । सिसहनिया उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक भावना भएका ब्यत्तित्वहरुवाट स्वतस्फुर्त रुपमा प्राप्त रकम मध्यको रु १ लाख ३७ हजार बरावरको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
स्वास्थ्य सामाग्री बुझ्दै सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालका प्रमुख रेगन सिंह थापाले अहिलेको यो विशम अवस्थामा कोरोना संक्रमितको उपचारमा उत्यन्त सहयोगी स्वास्थ्य सामाग्री र महत्वपुर्ण मानीने अक्सीजन कन्सेन्ट्रेटर, स्टीमर तथा अक्सोमीटर उपलब्ध गराईदिएकोमा सबैमा धन्यवाद ब्यक्त गरेका छन । स्वास्थ्य सामाग्री ह्स्तान्तरणमा स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष गोवर्धन रावत, निवर्तमान अध्यक्ष पूर्ण बहादुर बुढाथोकी, उपाध्यक्ष युवराज सिंह ठकुरी, भरत पाण्डे, सनिप ज्ञवाली, माधव रावत लगायतको सहभागीता रहेको थियो ।
सिसहनिया उद्योग बाणिज्य संघले यस सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गर्न आवस्यक रकम सहयोग गर्ने सबैलाई आभार ब्यक्त गरेको छ । साथै कोरोनाबाट बच्न र सजग रहन टोल बस्तीमा केहिदिन माईकिङ गर्ने योजना रहेको कार्यालय सचिव युवराज सुवेदिले जानकारी दिएका छन ।
