Sidha Patra बिहिबार, जेठ १३, २०७८

दाङ । गत बैशाख दाङको एक कारभित्र तीन बालकको मृत्यु निस्सासिएर भएको भिसेरा रिपोर्टले देखाएको छ । प्रहरीले बालकको मृत्युको विषयको अनुसन्धान पूरा गरेर जानकारी दिएको हो । बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लटे आर जे १ सिसी ८८५ को कारभित्र तीन बालकको शव फेला परेको थियो। बालकहरू तुलसीपुर ६ बरूवाका थिए।

त्यस्तै स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियारको कारभित्र निस्सासिएर मृत्यु भएको हो । अक्सिजन अभाव र कार्वनमोनोअक्साइडले गर्दा निस्सासिएर उनीहरूको मृत्यु भएको भिसेरा रिपोर्टमा उल्लेख भएको प्रहरीको भनाइ छ ।

बालकहरू खेल्दै कारभित्र प्रवेश गरेको र भित्रबाट ढोका लक हुँदा उनीहरू बाहिर निस्कन नसकेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ । त्यस्तै कार चालक र कार धनीलाई अदालतमा पेश गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]