
cjs
Unsku
Srbpu
Djs
Rgp
Gfs
Lnp
pku
Pbu
Ggp
Sgr
sbs
Pes
Rgp1

Gst
Sls
Vor
nsb
Rgu
Ggd
Asm
Wsp
Rsb
Pvg
Hal
Ssm
Sbs
Ksm
Bbu
Rgs
Rgu
Bbbpu
Tsm

Jmb
Ptm
Mks
Pls
Abd
Gsb
Rmb
Bml
bbt
Rpp
Jmb
Syp
sab
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न अस्पतालहरुमा हालसम्म ९ सय ८२ अक्सिजन सिलीन्डर प्रदान गरेको छ । कोरोना संक्रमितको अक्सिजन अभावका कारणले मृत्यु हुन थालेपछि आमनागरिकहरुको स्वास्थ्य संवेदन शिलतालाई मध्यनजर गरी संघले अक्सिजनको लागि अभियान सञ्चालन गरेको संघका अध्यक्ष टंक सिंह वुढाथोकीले बताउनु भयो ।
त्यस्तै अभियान अन्तरगत १ हजार अभियान सञ्चालन गरिएको थियो । जुन अभियान अहिले पनि जारी रहेको अध्यक्ष वुढाथोकीको भनाइ छ । संघले थालेको अभियानमा उद्योगी,व्यवसायी, समाजसेवा गर्न चाहने व्यक्तिहरुको सहयोग रहेको छ । सबैको सहयोगले नै यस प्रकारको अभियान अगाडी बढाइएको र यस अभियानलाई निरन्तरता दिइने उहाँले बताउनु भयो ।
यस्तै अभियान अन्तरगत दाताहरुबाट संकलित रकमबाट देशका विभिन्न स्थान तथा बिरगन्ज, भैरहवा, सुनसरी, पोखरा, नेपालगञ्ज लगायतका स्थानबाट बुधबार बिहान सम्म ९ सय ८२ थान अक्सिजन सिलिन्डर वितरण गरिएको छ । जसमध्य ५० थान नयाँ सिलिन्डर भित्र्याइएको र ९ सय ३२ थान रिफिल गरेर ल्याएर वितरण गरिएको छ भने १०० थान संघकै रकमबाट र अन्य रिफिल गर्ने र विभिन्न ठाउँबाट दाङसम्म ल्याउने ढुवानी खर्च अभियानमा संकलन भएको रकमबाट निरन्तरता दिएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनु भएको छ ।
त्यस्तै उक्त अक्सिजन सिलिन्डर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान,कोरोना विशेष अस्पताल बेलझुण्डी, लमही अस्पताल घोराहीको गायत्री अस्पताल,गोर्खा अस्पताल,दिपज्योती अस्पताल र विभिन्न बिरामीहरुको अवस्था हेरेर विभिन्न ठाउँमा रिफर भएर जाने बिरामीहरुलाई हस्तान्तरण गरिएको महासचिव बुढाथोकीले जानकारी दिनु भयो ।
यसैगरी यस अभियानमा सहयोग गर्ने सम्पुर्ण दाताहरु र अभियानमा दिन रात नभनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी खटने संघका कार्य समिति संघका निवर्तमान अध्यक्ष,अभियन्ता, विभिन्न जिल्लाहरुमा समन्वयकारी भुमिका निर्बाह गर्ने जिल्ला,नगर उद्योग वाणिज्य संघका अध्यक्ष, सरकारी निकायका प्रमुख साथै ढुवानीमा सहजता प्रदान गर्नेे गाडी धनी तथा गाडी स्टापहरुलाई संघले धन्यवाद तथा आभार प्रकट गरेको छ । सम्बन्धीत निकाय र स्थानीय सरकार पनि अलमल भएको यो महामारीको अवस्थामा दाङ उद्योग वाणिज्य संघले आमनागरिक र राज्यलाई ठूलो सहयोग प्रदान गरेको छ ।
