मेगमन बुढा मंगलबार, जेठ ११, २०७८

दाङ । देउखुरी उद्योग बाणिज्य संघद्वारा लमही नगरपालिका भित्रमा क्रियाशील रहेका पत्रकारलाई पौष्टिक आहार (अन्डा) प्रदान गरेको छ ।

विश्व महामारी कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरियन्टको पहिलो लाइनमा रहेर नागरिकलाई सूचना संकलन गरि प्रदान गर्नको लागि आफ्नो ज्यानलाई जोखिममा राख्दै सूचना संकलनमा खटेका पत्रकारलाई पौष्टिक खानाको लागि संघले (अन्डा) प्रदान गरेको हो ।त्यस्तै मंगलबार आफ्नै कार्यालयमा बोलाएर सम्पुर्ण क्रियाशील पत्रकारलाई एक/एक क्यारेट (अन्डा) प्रदान गरेको संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो । हामीले नगर भित्रमा कार्यरत पत्रकारलाई हौसला स्वरुप (अन्डा)प्रदान गरेका हौं । समग्र देउखुरीका पत्रकारको लागि होइन,खनालले भन्नू भयो । त्यस्तै उहाँले लमहीमा कार्यरत कुनै पत्रकार छुटेको भएमा उहाँहरुलाई पनि बराबर प्रदान गर्ने छौं,खनालले भन्नू भएको छ ।

यस्तै संघले यस अघि पनि देउखुरीको लमही स्थित रातो डाँडामा रहेको समग्र देउखुरी उपत्यकाको लागि संचालन गरिएको कोरोना अस्पताल र लमही अस्पताललाई अक्सिजनका सिलिन्डर र स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउदै आएको संघका अध्यक्ष खनालले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]