
cjs
Rgp
Lnp
Djs
Rgp1
sbs
Srbpu
Gfs
Pes
pku
Unsku
Ggp
Pbu
Sgr

Rgs
Wsp
Bbu
Pvg
Rgu
Asm
Rsb
Rgu
Ggd
Sbs
Ssm
nsb
Tsm
Ksm
Vor
Sls
Bbbpu
Hal
Gst

Ptm
Jmb
Mks
Syp
bbt
Rpp
sab
Abd
Pls
Bml
Gsb
Rmb
Jmb
दाङ १० जेठ । लमही जेसिजको आर्थिक सहयोगमा ३० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । जेसिजले सोमबार जेसिजले २५ वटा रिफिल गरिएका अक्सिजन सिलिन्डर लमहीको रातोडाँडामा संचालित कोरोना अस्पतालमा र ५ वटा रिफिल गरिएका अक्सिजन सिलिन्डर लमही नगरपालिका वडा नम्बर ४ मा रहेको लमही अस्पतालमा हस्तान्तरण गरेको हो ।
त्यस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागी लमही जेसिजका अध्यक्ष दुलमदास चौधरी , महासचिव सुन्दर केसी,कोषाध्यक्ष निर्मला चौधरी , कार्यकारी उपाध्यक्ष मुकेश चौधरी,जनसम्पर्क अधिकारी केशब दिपक शर्मा लगायतका पदाधिकारीहरुले रातोडाँडाको कोरोना अस्पताल र लमही अस्पतालमा पुगेर लमही नगरपालिकाका उप-प्रमुख र कोरोना अस्पतालका प्राबिधिक तथा कोभिड ब्यबस्थापनमा खटिनु भएका डाक्टरहरुलाई जम्मा ३० वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।
यस्तै अक्सिजन हस्तान्तरण कार्यक्रममा बोल्दै जेसिजका अध्यक्ष दुलम दास चौधरीले यो अक्सिजनले केही हदसम्म कोरोना अस्पतालमा हुने अक्सिजनको अभाव टर्ने र कोरोनाको दोस्रो भेरियन्टको सङ्क्रमितलाई अक्सिजनको अभाव हुन नदिन लमही जेसिज सक्रिय रूपमा लागिपरेको चौधरीले बताएका छन् ।
यसैगरी लमही जेसिजले कोरोनाको संक्रमण तीब्र रुपमा फैलिदै गर्दा अक्सिजनको अभावका समाचार विभिन्न सञ्चार माद्यमबाट बाहिरिए संगै देउखुरी क्षेत्रमा रहेका अक्सिजनका खालि सिलिन्डरलाई संकलनको अभियान सुरुगरेको थियो ।
त्यस्तै हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि लमही नगरपालिकाका उप-प्रमुख देबका बेल्बासेले जनप्रतिनिधिको काम लमही जेसिजले गर्दै आएको र समाजमा परिबर्तन गर्न जेसिजले गरेको काम अनुसार गर्यो भने परिबर्तन गर्न सकिने बताइन । साथै जेसिज संगै नगरपालिका रहेको र यस्तो महामारीका बेला सक्रिय रुपमा खटिएर आमा जनमानसको सेवामा खटिएकोमा लमही जेसिजका पदाधिकारीलाई धन्यवाद समेत व्यक्त गरिन ।
यस्तै अक्सिजन सिलिन्डर रिफिल गर्नका लागि लाग्ने खर्च लमही जेसिजका पुर्ब अध्यक्षहरु तथा जेसिजका पधादिकारीहरुको सहयोग बाट गरिदै आएको महासचिव सुन्दर केसिले बताए । लमही जेसिजका अध्यक्ष दुलमा दास चौधरीको अध्यक्षता , लमही नगरपालिकाका उप-प्रमुख देवका बेल्बासेको प्रमुख आतिथ्यता र लमही जेसिजका कोषाध्यक्ष निर्मला चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन लमही जेसिजका महासचिव सुन्दर केसिले गरेका थिए ।
