
Pbu
Sebsg
Gsg
Gmssl
Gst
gst
Gipsg
Gipsg
Unsku

Sls
Rgu
Wsp
Gst
Bbu
nsb
Sbs
Rgu
Ggd
Bbbpu
Ksm
Asm
Vor
Pvg
Tsm
Rsb
Hal
Rgs
Ssm

Rmb
Rpp
Mks
Gsb
Syp
Jmb
Pls
Jmb
sab
Ptm
Abd
bbt
Bml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही बजारमा अबस्थित दर्शन एग्रोभेटका संचालक शिवराज न्यौपानेले पत्रकार शिवराज खनाललाई समाचार लेखेको आधारमा ज्यान मार्ने धम्की दिएका छन् ।
केही दिन अघि सो एग्रोभेटले हाइब्रेड धान भन्दै गोरखनाथ अबैध धानको बिउ बेचेको समाचार पत्रकार खनालले लेखेकै आधारमा खनाललाई शनिबार बिहान प्रत्यक्ष भेटघाटमा अपशब्द प्रयोग गरेर गालीगलोज गर्नुका साथै पत्रकारको लाइसेन्स देखा भन्दै ज्यान मार्ने धम्की दिएको पत्रकार खनालले सिधापत्रलाई जानकारी दिए ।
यस्तै पत्रकार खनालले सिधापत्र डटकमलाई जानकारी दिदै भने यदि मैले लेखेको समाचार गलत भएको भए उहाँले कानुनी माध्यम अपनाउनु हुन्थ्यो ।यसरी एक्कासि मलाई ज्यान मार्ने धम्की दिनु हुन्नथ्यो होला । यसमा सम्बन्धित सरोकारवाला निकायले बुझ्नु पर्ने कुरा हो ।
लमहीका किसान ग्राहकले गुनासो पोखेपछि सो समाचार लेख्ने समयमा मैले संचालक न्यौपानेलाई टेलीफोन गरेर उहाँसंग यथार्थ कुरा बुझ्दा गलती भएको कुरा स्विकारेको रेकर्ड मेरो मोबाइलमा अहिलेपनि छ, पत्रकार खनालले भने । मैले सत्यतथ्य बुझेर समाचार लेखेको छु, समाज र रास्ट्रमा गलत गतिविधि भएमा खबरदारी गर्न पाउनु पत्रकारको दायित्व हो भन्ने मानेताका साथ समाचार लेखेको हुँ तर ज्यान मार्ने धम्की पाए’खनालले भने । यसमा मेरो घोर आपत्ति छ । आज जसरी मैले धम्की पाए त्यसैगरी भोलि अरु पत्रकारले पनि पाउन सक्छन् ,खनालले टेलिफोन मार्फत सिधापत्रलाई भने ।
त्यस्तै सो दर्शन एग्रोभेटका संचालकलाई टेलीफोन गरेर यस विषयमा बुझ्न् खोज्दा उनको मोबाइल फोन सुइच अफ रहेको छ । यस्तै न्यौपाने सो एग्रोभेटको संचालक मात्र नरहेर लमही नगरपालिकाको पशु उपशाखा प्रमुख समेत हुन्, भने पत्रकार खनाल नेपाल पत्रकार महासंघ दाङका जिल्ला सदस्य, राज्य टेलिभिजनको सम्बादाता, रेडियो देउखुरीको प्रवन्धनिर्देशक, गोरक्ष राष्ट्रिय दैनिक पत्रीकाको देउखुरी प्रमुख, लगायत अन्य विभिन्न अनलाइन पत्रीकामा समेत आवद्ध रहेका छन् ।
