
Ksb
Tgp
Rsb
Bsn
Gsb
Csb
Rks
jsb
Fmb
Nsb
Ssb
Usb
Ksb
Ppu
Ksb
Ssb

Usb
Gsb
Ssb
Tsb
Hl1

ptl
Rgu
Nps
दाङ्गको लमहीमा भालुको अाक्रमण बाट एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँ निवासी ४१ बर्षिय भिम बहादुर चौधरीलाई भालुले अाक्रमण गर्दा घाईते भएका हुन् । डाले घाँस काट्नका लागि जंगल गएका चौधरीलाई शुक्रबार करिब ३ बजे भालुले अाक्रमण गरेको थियो ।
भालुको टोकाईबाट उनको खुट्टामा गहिरो चोट लागेको छ । घाईते चौधरीको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ । हाते हतियार नभएको भए अाफ्नो मृत्यु समेत हुन सक्ने चौधरीले बताए । चौधरी एक्लै जंगल गएको पारिवारिक स्रोतले जनाएको छ ।
