
Ssb
Ksb
Rsb
Ppu
Rks
Bsn
Gsb
jsb
Tgp
Nsb
Csb
Usb
Ksb
Ssb
Ksb
Fmb

Ssb
Tsb
Hl1
Gsb
Usb

ptl
Nps
Rgu
दाङ । देउखुरी उद्योग वाणिज्य संघको नियमित बैठकबाट यस आपतकालिन अवस्थामा लमही रातोडाँडा स्थित एचडियू कोभिड अस्पताललाई अक्सिजन खरिदको लागि रु ५० हजार दिने निर्णय भएको छ । अक्सिजनको लागि बजेट अभाव हुन नदिन आर्थिक सहयोग गर्ने निर्णय गरेको उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
त्यस्तै देउखुरी उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको एम्बुलेन्स पुरानो भएको भन्दै नयाँ एम्बुलेन्स सञ्चालनको लागि पहल गर्ने निर्णय भएको उद्योग वाणिज्य संघका उपाध्यक्ष केशव राज पोख्रेलले बताउनु भयो ।
