
Pbu
Nssbus7
Bksbus5
Csbus
Gsbus
dsbus
Ratbs
Ddhbs
gms
Rbs
Ssbus
Amb
Jsbus
Gsl

Ssm
Pvg
Asm
Rgu
Rgs
Sls
Rsb
Vor
nsb
Ggd
Bbu
Rgu
Hal
Bbbpu
Gst
Sbs
Ksm
Tsm
Wsp

Pls
Rpp
Abd
Ptm
bbt
Mks
Jmb
Syp
Bml
Gsb
Rmb
sab
Jmb
काठमाडौं । संघीय सांसद मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ पठाएका छन् । ७ वैशाखमा नेता माधवकुमार नेपाल सहित २७ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । आफूले १४ वैशाखमा पत्र पाएको भन्दै चौधरीले त्यसको जवाफमा तीन पृष्ठको स्पष्टिकरण बुझाएका छन् ।
स्पष्टिकरणको भाषा भने नेता नेपाल सहित अन्य सांसदहरुसँग मिल्दो छ । पत्रमा नवौं महाधिवेशनको विधान, पार्टी संरचना र नीति अनुसार आफू क्रियाशील रहेको उल्लेख गरिएको छ । पार्टी विभाजन गर्नतिर लागेको भनी सोधिएको स्पष्टिकरण पत्रबारे चौधरीले आपत्ति जनाएका छन् ।
तर, २८ फागुनमा ओलीले गरेको निर्णय सच्याउँदै पार्टीलाई २ जेठ २०७५ को अवस्थामा लैजान सक्रिय भएको चाहिँ चौधरीले उल्लेख गरेका छन् । ओलीले १६ वैशाखमा थप तीन गंगा चौधरी, कलिला खातुन र समिना हुसेनलाई पनि स्पष्टिकरण सोधेका छन् । उनीहरुले पनि स्पष्टिकरण बुझाइसकेका छन् ।साभार अनलाइन खबर
