
Pbu
Gipsg
Unsku
Gmssl
Gipsg
Sebsg
Gsg
gst
Gst

Asm
Sls
nsb
Ssm
Bbu
Rgu
Rgs
Rsb
Tsm
Ksm
Sbs
Wsp
Hal
Vor
Gst
Ggd
Rgu
Pvg
Bbbpu

sab
Jmb
bbt
Rpp
Abd
Pls
Ptm
Mks
Rmb
Gsb
Syp
Jmb
Bml
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज कालाथोकीको शनिबार ४६ वर्षको उमेरमा कोभिडको कारण निधन भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीका अनुसार बैशाख ७ गतेको दिन बिरामी भएपछि प्रअ कालाथोकी विद्यालयबाट छुटी लिएर आफ्नो घर तुलसीपुर जानू भएको थियो ।
त्यस्तै उहाँलाई ज्वरोले धेरै च्यापन लागेपछि, प्रअ कालाथोकी तुलसीपुर स्थित अञ्चल अस्पतालमा ९ गते भर्ना हुनु भयो ।’ त्यहाँ उहाँको चेकजाँच गर्दा निमुनिया देखिएको थियो । साधारण नमूना माध्यमिक विद्यालयका शिक्षक उहाँका सहकर्मी मानबहादुर केसीका अनुसार प्रअ कालाथोकीलाई स्वासप्रस्वासमा धेरै समस्या आउन लागेपछि, उहाँका पत्नी खिमा कालाथोकीले थप उपचारको लागि १३ गते सोमबारको दिन नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पुराउनु भएको थियो ।
तर सो मेडिकल कलेजले भर्ना गर्न नमानेपछि, उहाँलाई नेपालगन्जको भेरी अस्पतालमा भर्ना गराइएको थियो । त्यस्तै सो अस्पतालमा भर्ना भैसकेपछी उहाँको पिसियार रिपोर्ट चेक भएको थियो । उक्त पिसियार रिपोर्टमा प्रअ कालाथोकीको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्टमा पोजेटिभ देखिएपछी,उहाँलाई आइसियू बेडमा राख्न लगाइयो, तर त्यहाँ उहाँले बेड पाउन सक्नु भएन,बेडकै कारण उहाँले ज्यान गुमाउन पुग्नु भएको हो,उहाँका सहकर्मी शिक्षक मानबहादुर केसीले भन्नू भयो ।
त्यस्तै शिक्षक मानबहादुर केसीका अनुसार उहाँको स्वभाव अत्यन्तै मिलनसार,सरल व्यक्तित्व प्रशासन क्षेत्रमा एक दखल व्यक्तिको रुपमा रहेको बुझिएको छ । त्यस्तै उहाँ जिल्ला दाङको एक उच्च तहको शिक्षक पनि हुनुहुन्थ्यो ।
“मृत्यु हुँदा सम्म सम्बन्धित निकायले चासो दिएन”
प्रअ कालाथोकीको मृत्यु हुनुमा सम्बन्धित निकायको लापरबाहीको कारणले भएको भन्दै उहाँका केही शुभ चिन्तकले गुनासो गर्नु भएको छ । एउटा गाउँपालिका भित्रको नमूना माध्यमिक विद्यालयको प्रधानाध्यापक जस्तो व्यक्तिलाई कोभिड लागेको छ,भन्ने खबर पाएरपनि उहाँको उदार कार्यमा सम्बन्धित निकायले कुनै चासो नदेखाएको उहाँहरुको आरोप छ । एउटा प्रअलाई त कुनै वास्ता छैन झन शिक्षकलाई के गर्न नै सक्छ होला र ? उहाँहरुको गुनासोको प्रश्न छ । यस्तै उहाँहरुले आगामी दिनमा यस्ता गलती नदोहोर्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गर्नु भएको छ ।
“प्रअ कालाथोकीको कार्यकालमा के कार्य भए त ?”
जिल्ला डोल्पाको कालिका माध्यमिक विद्यालयबाट २०७६ साल अषाद महिनाको २० गते जिल्ला दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर आउनु भएका प्रअ कालाथोकीले आफ्नो कार्यकालमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अन्य बुद्धिजीवीसंग सहकार्य एवं समन्वय गरेर सो विद्यालयमा संचालन रहेको प्राविधिक धार तर्फको पशु बिज्ञान शिक्षालाई व्यवस्थित रुपमा संचालन गर्नुका साथै नमूना विद्यालयका कार्यक्रमहरु निरन्तर लागू गराई संचालनमा लिइएको छ । त्यस्तै निजी श्रोतमा केही शिक्षकहरु थप भएका थिए भने विद्यालयमा भौतिक पुर्वाधारका काम कार्यहरु निरन्तर संचालनमा रहेको र व्यवस्थितरुपमा विद्यालयको प्रशासन क्षेत्रलाई व्यवस्थापन गरेर संचालनमा ल्याउन सफल भएको शिक्षक केसीको भनाई छ ।
यस्तै उहाँ अब हाम्रो माझमा रहनु भएन यो दु:खदको घडीमा उहाँको घरपरिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् । त्यस्तै उहाँको आत्मालाई स्वर्गमा बाँस मिलोस भावपुर्ण हार्दिक श्रद्धाञ्जली नवराज सर अल बिदा ।
