
nsm
Sssbus1
Ssbus
ssbus
Pbu
tssbus
Ssbus
Gsl
Ssbus
Sssbus1

Pvg
Tsm
Wsp
Bbbpu
Sls
Ksm
Asm
Rsb
Gst
Ggd
Rgs
Hal
Rgu
Sbs
Bbu
Vor
nsb
Ssm
Rgu

Rpp
bbt
Syp
Abd
Jmb
Ptm
sab
Rmb
Jmb
Bml
Pls
Gsb
Mks
गुल्मी । गुल्मीमा जिल्लामा पछिल्लो ९ महिनामा सवारी कारवाहीबाट ४४ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७७ को साउनदेखी चैत्रमहिनासम्म ९ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाचँ सय रुपैँया राजस्व संकलन भएको छ । यो अवधिमा कुल ६ हजार ७५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले जानकारी बताए । ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी कारवाहीबाट हुने राजस्व संकलन दरमा बृद्धि भएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा पुगेर चेकजाँच गर्ने गरेका कारण राजस्व दरमा बृद्धि भएको हो । चैत महिनामा संकलन गरिएको राजस्व जिल्लामा ट्राफिक कार्यालय हालसम्मकै उच्च रहेको कार्यालय प्रमुख आचार्यले दाबी गरे ।
त्यस्तै साउनमा ४५० सवारीबाट २ लाख ७२ हजार पाचँ सय, भदौमा ४५० सवारी कारवाहीबाट दुई लाख ७९ हजार, असौजमा ६ सय सवारी कारवाहीबाट ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको छ । कात्तिकमा ७५० सवारीबाट पाचँ लाख १२ हजार, मंसिरमा ८ सय सवारीबाट ५ लाख ७० हजार, पुसमा ९ सय सवारी कारवाहीबाट ५ लाख ६४ हजार पाचँ सय, माघमा ९ सय सवारी कारवाहीबाट ५ लाख ७४ हजार, फागुनमा ९५० सवारी कारवाहीबाट ५ लाख ९५ हजार ५ सय तथा चैतमा ९५० सवारी कारवाहीबाट ५लाख ९५ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिए ।
यस्तै गत आर्थिक बर्ष ०७६÷७७ मा कुल ५ हजार ८७ सवारी कारवाहीबाट ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षको भन्दा यस बर्षको ३ महिना अगावै १२ लाखभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
