अनिल खत्री आइतबार, बैशाख ०५, २०७८

गुल्मी । गुल्मीमा जिल्लामा पछिल्लो ९ महिनामा सवारी कारवाहीबाट ४४ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७७ को साउनदेखी चैत्रमहिनासम्म ९ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाचँ सय रुपैँया राजस्व संकलन भएको छ । यो अवधिमा कुल ६ हजार ७५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले जानकारी बताए । ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी कारवाहीबाट हुने राजस्व संकलन दरमा बृद्धि भएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा पुगेर चेकजाँच गर्ने गरेका कारण राजस्व दरमा बृद्धि भएको हो । चैत महिनामा संकलन गरिएको राजस्व जिल्लामा ट्राफिक कार्यालय हालसम्मकै उच्च रहेको कार्यालय प्रमुख आचार्यले दाबी गरे ।

त्यस्तै साउनमा ४५० सवारीबाट २ लाख ७२ हजार पाचँ सय, भदौमा ४५० सवारी कारवाहीबाट दुई लाख ७९ हजार, असौजमा ६ सय सवारी कारवाहीबाट ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको छ । कात्तिकमा ७५० सवारीबाट पाचँ लाख १२ हजार, मंसिरमा ८ सय सवारीबाट ५ लाख ७० हजार, पुसमा ९ सय सवारी कारवाहीबाट ५ लाख ६४ हजार पाचँ सय, माघमा ९ सय सवारी कारवाहीबाट ५ लाख ७४ हजार, फागुनमा ९५० सवारी कारवाहीबाट ५ लाख ९५ हजार ५ सय तथा चैतमा ९५० सवारी कारवाहीबाट ५लाख ९५ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिए ।

यस्तै गत आर्थिक बर्ष ०७६÷७७ मा कुल ५ हजार ८७ सवारी कारवाहीबाट ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षको भन्दा यस बर्षको ३ महिना अगावै १२ लाखभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]