
Djs
Gfs
Srbpu
Ggp
Lnp
cjs
pku
Rgp1
Unsku
Sgr
Pbu
sbs
Rgp
Pes

Bbbpu
Rgu
nsb
Ggd
Pvg
Rgs
Rgu
Bbu
Hal
Asm
Sls
Rsb
Wsp
Sbs
Vor
Ksm
Ssm
Gst
Tsm

Gsb
Ptm
Rpp
Jmb
Mks
bbt
Syp
Rmb
Bml
sab
Pls
Abd
Jmb
कपिलवस्तु ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर गोठ जलेर नष्ट भएको छ । गुगौलीका कासीराम यादवको घरमा दिउसो नास्ता पकाउन बालेको आगोले खरले छाएको फुसको घरबाट आगलागी सुरु भएको थियो । यादवको घरबाट सुरु भएको आगोले गाउँको पुरै घर जलेर नस्ट भएको खबर छ । गाउँको उत्तर देखी सुरु भएको आगो हावाको बहाव सगै पुरै गाउमा फैलिएको थियो । आगोबाट कुनै पनि मनविय क्षती नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनु भयो ।आगलागीबाट करिब एक करोड भन्दा बढिको नोक्सान भएको स्थानीयले बताएको छ ।आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा र नगद गरी एक करोड भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । अग्नि पिडितहरुको वास्तविक क्षती बिवरण प्रहरीले संकलन गरीरहेको छ । अग्नि पीडितहरुको राहतको लागी विजयनगर गाउँपालिकाले ब्यवस्थापन गरीरहेको वडा नंं १ का वडाअध्यक्ष इन्दर थारुले जानकारी दिनु भयो ।कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवाको दमकल आउन ढिलाइ गरेको थियो । पुरैगाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो ।तौलिहवा र गुगौलिको दुरि करिब ५० किलोमिटर रहेको छ ।
