
Pbu
gst
Gmssl
Gst
Gsg
Gipsg
Gipsg
Sebsg
Unsku

Asm
Sls
Tsm
Pvg
Rgu
nsb
Bbu
Vor
Hal
Ggd
Rsb
Rgs
Bbbpu
Rgu
Ksm
Sbs
Ssm
Wsp
Gst

Bml
Jmb
Mks
Rpp
Pls
Abd
Rmb
sab
Gsb
bbt
Jmb
Syp
Ptm
प्युठान । प्यूठान दुर्घटनामा मृतक ५ जनाको शब आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृतक ५ जनाको शब आफन्तलाई बुझाइएको हो । दुर्घटनामा मृतक प्रशासकीय अधिकृत स्याङजा जिल्ला निवासी ३८ वर्षका श्याम न्यौपानेको शब घटना स्थलबाटै बुझाइएको थियो ।
अरु ४ जना गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडानम्बर–३ बस्ने चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका वडानम्बर–७ का ३५ वर्षका कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, मालिका गाउँपालिका वडानम्बर–७ निवासी ३५ निवासी यमलाल पन्थीको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोक सभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासनकीय अधिकृत उद्धव पन्थीले बताए ।
त्यस्तै शोक सभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा,जिल्ला स्थित राजनितिक दलका प्रमुख, आफन्त तथा जिल्ला वासीले फुल माला ओढाएर अन्तिम बिदाई गरेका थिए । प्रशासन कार्यालय परिसरमा राखिएको शोक सभामा उपस्थितहरु रुवाबासीले शोक मग्न बनेको थियो ।
यस्तै आफन्तले शव बुझेसँगै आ–आफनो घाटमा लगेर दाहासंसकार गर्नेछन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई लाई बुधवार नै नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।
