
Rbs
Sds
mbd
Mbdvs
Anm
Gisld
Ksm
Gmk
Pbu

Bbu
Gst
Wsp
Pvg
Ksm
Ggd
Asm
Sbs
Rgs
Bbbpu
Hal
Vor
nsb
Rgu
Ssm
Sls
Rsb
Tsm
Rgu

Jmb
Bml
Rmb
Abd
bbt
Pls
Rpp
Syp
Jmb
Gsb
Ptm
Mks
sab
दाङ । ऐतीहाँसीक पृष्ठभुमि बोकेको लमही नगरपालिका वडा नं. ८ निमुखुट्टीमा टेङ्नैया बाबा खुट्टी धामको जीर्णाेद्धार गरिएको छ ।
लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालयको १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी २२ लाख ८० हजारको लागतमा टेङ्नैया बाबा खुट्टीमा पूर्वाधार निर्माण गरिएको हो । मंगलबार बाबा खुट्टीमा निर्माण गरिएको पर्यटन तथा पूर्वाधारको सामाजिक परिक्षण गरिएको छ ।
त्यस्तै टेङ्नैया बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष डिल्लीबहादुर खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमणको प्रमुख आतिथ्यतामा सम्पन्न सामाजिक परिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि शर्माले पुरातात्विक महत्व बोकेका धार्मिक सम्पदाहरुलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न लुम्बिनी प्रदेश सरकारले ध्यान दिएको बताउनु भयो । प्रदेश सभा सदस्य शर्माको सिफारिसमा आयोजना निर्माणको काम अघी बढेको थियो । टेङ्नैया बाबा धामलाई लुम्बिनी, स्वर्गद्धारी, धारपानी, रिहार धाम संग जोडेर धार्मिक गन्तब्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै उहाँले कामको मुल्यांकन जनस्तरबाट हुनुपर्ने धारणा राख्नुभयो ।
सबै नेता एउटै हुन भनेर एउटै डालोमा हालेर मुल्यांक गर्न मिल्दैन’उहाँले भन्नुभयो–‘नेताहरुको मुल्यांकन उनिहरुले गर्ने काम र व्यवहारलाई हेरेर गर्न सिक्नुपर्छ । एउटै डालोमा हालेर सबै उस्तै हुन भनेर पन्छिन पाईदैन ।’ टेङ्नैया खोलाको विचमा पक्कि पुल बनाइएको छ । पुल माथी गणेश भगवानको मन्दिर बनाइएको छ । सधैं एकैनासको पानी चुहिने गुफामा च्यानल गेट, दुई भजनकृतनको लागी घर, गौशालामा शौचालय बनाइएको स्थानीय अगुवा जनक बुढाले जानकारी दिनुभयो । कार्यक्रममा वडा सदस्य देवा परियार, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष चुमा आचार्य, प्रदेश परिषद सदस्य राधेश्याम गुप्ता, सामुदायीक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष केपी घिमिरे, शिवशक्ति बाख्रा विकास सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष जनक बुढा लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चान टेङ्नैया बाबा धार्मिक विकास क्षेत्रका सचिव यादवनाथ योगीले गर्नु भएको थियो ।
