दाङ । देउखुरी लमही नगरपालिकाले नयाँ अपांगता भएका कुल तीन सय उन्चालीस जना नागरिकहरुलाई अपांग परिचयपत्र बितरण कार्य सोमबार संम्पन्न गरेको छ ।
जस अर्तरगत लमही नगर भित्र रहेका कुल २६ जना लाई पहिलो,हरियाे,निलाे र सेताे रंगका बेग्ला बेग्लै परिचयपत्र बितरण गरेकाे हाे । परिचय वितरण कार्यक्रममा लमही न.पा-१ देखि नाै नम्बर वडाका अपांगहरुको उपस्थिति रहेको थियाे । त्यस्तै लमही न.पाका महिला बालबालिका शाखा लमहीकाे सहयाेगमा उक्त परिचय पत्र बितरण गरिएको हाे ।
लमही नपा कि उपप्रमुख देबका बेल्बासेले परिचय पत्र प्रदान गर्नुहुँदै राज्यले दिने सेवा सुविधामा कुनै पनि कसर बाँकि नराख्ने बताउनु भएको छ । लामाे समय प्रमुख प्रशासकीय अधिकृत नहुदा साे कार्य राेकिएकाे थियाे । त्यस्तै आज परिचय पत्र बुझ्दै सेवाग्राहीहरुले पनि खुसि ब्यत्त गरेका थिए । साउन देखि चैत्र सम्म ३ सय ३९ वटा अपांग परिचय पत्र बितरण भएको महिला बालबालिका शाखा लमहीकाे तथ्यांकमा उल्लेख गरिएको छ । नियमित कार्य अनुसार आज वितरण गरिएको हाे ।